एसीसी प्रिमियर कप: कतारविरुद्ध नेपाल ३२ रनले विजयी

काठमाडौं । एसीसी प्रिमियर कप २०२४ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले शनिबार कतारलाई ३२ रनले पराजित गरेको छ ।
ओमानको अल अमरेत क्रिकेट मैदानमा नेपालले दिएको २११ रनको विशाल लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर जम्मा १७८ रनमात्र बनाउन सक्यो ।
कतारका लागि मोहम्मद तनवीरले सर्वाधिक ६३ रन बनाए भने महम्मद हनाफले २३, हिमान्छु राथोडले २२, अनदान मिर्जाले १९, कमरन खानले १८ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
कतारलाई सस्तैमा समेट्न नेपालका तर्फबाट ललित राजवंशी, दिपेन्द्र सिंह ऐरी र गुल्शन झाले दुई/दुई विकेट लिए। यस्तै कुशल मल्ल र अभिनाश बोहोराले एक/एक विकेट लिए।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको थियो। नेपालका लागि ओपनर आशिफ शेख र दिपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरे।
आशिफले ४१ बलमा ६ चौकाको मद्दतले अर्धशतक प्रहार गरे। उनले जम्मा ५२ रन बनाएका हुन्। यस्तै दीपेन्द्र सिंह ऐरीले आक्रामक ब्याटिङ गर्दै मात्र २१ बलमा नटआउट ६४ रन बनाए।
यस्तै कुशल मल्लले ३५ रन जोड्दा रोहित पौडेलले १८, कुशल भुर्तेलले १२, सन्दीप जोराले ७, गल्शन झा र विवेक यादवले ५/५ रन बनाए।
यता कतारका लागि हिमान्सु राथोड र मुसवार शाहले ३/३ विकेट लिँदा अमिर फारुकले एक विकेट लिए।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
प्रतिक्रिया