आइतबार, फागुन ३, २०८२

इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक अवस्थामा बाहेक बाहिर ननिस्कन दूतावासको आग्रह

मेरोन्यूज २०८१ वैशाख २ गते १३:५७

काठमाडौं । इसराइलस्थित नेपाली दूतावासले नेपालीहरूलाई अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध गरेको छ।

Advertisement
nepal life insurencenepal life insurence

इजरायलमाथि इरानी हमला सुरु भएपछि तेल अबिबस्थित नेपाली दूतावासले यो सूचना जारी गरेको हो। दूतावासले सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन पनि अनुरोध गरेको छ।

शनिबार राति इरानले इसरायलमाथि ३०० भन्दा बढी घातक ड्रोन र मिसाइलहरू आक्रमण गरेको छ। सो आक्रमण भएसँगै इसराइलको राजधानी तेल अभिभस्थित नेपाली दूतावासले सूचना जारी गर्दै अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध गरेको हो।

‘आवश्यक सुरक्षाकालागि नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलहरूको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत हार्दिक अनुरोध गर्दछौं,’ जारी सूचनामा भनिएको छ।

कुनै समस्या परेको अवस्थामा द्वितीय सचिव कुमारबहादुर श्रेष्ठलाई ०५२८२८९३०० नम्बरमा र सहचारी संजयकुमार साहलाई ०५४५५८२०७७ नम्बरमा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ।

प्रतिक्रिया