आइपिएलमा चेन्नईले मुम्बईलाई हरायो

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा चेन्नईले मुम्बईलाई २० रनले पराजित गरेको हो ।
चेन्नईले दिएको २०७ रनको लक्ष्य पछाएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाउदै १८६ रन मात्र बनाएको थियो । मुम्बईका लागि रोहित शर्माले १०५ रन बनाए पनि जित भने दिलाउन सकेनन । त्यस्तै चेन्नईलाई जित दिलाउने क्रममा बलर मथीसा पाथिरानाले सर्बाधिक ४ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाउदै २०६ रन बनाएको थियो । चेन्नईका लागि कप्तान रुतुराज गायकवाडले ६९, शिभम दुवेले ६६, रचिन रविन्द्रले २१ र महेन्द्र सिंह धोनीले ४ बलमा २० रन बनाएका थिए ।
यो जितपछि चेन्नईको ६ खेलमा ४ जितसहित ८ अंक भएको छ र अंकतालिकामा तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै मुम्बईको भने यो चौथो हार हो । ६ खेलमा २ खेल जितेको मुम्बईको ४ अंक रहेको छ ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
प्रतिक्रिया