कञ्चनपुरमा लागुऔषध मुद्दामा २ सय १६ जना पक्राउ

महेन्द्रनगर (कञ्चनपुर) । बिगत नौ महिनामा कञ्चनपुर प्रहरीले लागुऔषध दुव्र्यसन र ओसारअपासर मुद्दामा १२ महिलासहित २१६ जनालाई कारबाहीको दायरामा ल्याएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार चालु आर्थिक वर्ष २०८०/९१ को चैत मसान्तसम्म लागुऔषध चरेश र खैरो हिरोइनसहित यहाँ १२ महिला र दुई सय चार पुरुष पक्राउ परेका छन् । उनका अनुसार पक्राउ गरिएका अभियुक्तबाट झण्डै तीन सय ग्राम खैरो हिरोइन र सात किलोग्राम चरेशसमेत बरामद गरिएको छ ।
“अभिभावकले छोराछोरीमाथि निगरानी नराख्दा सङ्गतमा परेर लागुऔषध प्रयोग र कारोबारमा लागेको पाइएको छ”, प्रहरी उपरीक्षक जोशीले भने, “प्रहरी सक्रियताले लागुऔषध कारोबारको जालो भत्किँदै छ । स्वयम् नागरिक र अभिभावक पनि यो गम्भीर विषयमा चनाखो हुनुपर्छ ।”
जिल्लाका लागुऔषधको कारोबार हुने ठाउँ र भारतबाट लुकीछिपी ल्याइने सीमानाकामा प्रहरीले सक्रियता बढाएको प्रहरी उपरीक्षक जोशीले बताए । “सीमा बस्तीदेखि सदरमुकामसम्म लागुऔषधको कारोबार देखियो”, उनले भने, “हामीले चेतनामूलक कार्यक्रम पनि गरिरहेका छौँ ।” लागुऔषध मुद्दामा पक्राउ गरेका अधिकांश युवा छन् ।
“कारागारमा ३८ प्रतिशत कैदीबन्दी लागुऔषध मुद्दाका छन्”, प्रहरी उपरीक्षक जोशीले भने, “यसको नियन्त्रणका लागि प्रहरीसँगै सामूहिक प्रयास आवश्यक छ ।” लागुऔषध ओसारपसार नियन्त्रण गर्न भारतीय सुरक्षा निकायसित पनि समन्वय गरिरहरेको उनले बताए ।
त्यसैगरी बिगत नौ महिनामा प्रहरीले कञ्चनपुरबाट एक सय ६० फरार अभियुक्तलाई पक्राउ गरी आवश्यक कारबाही अघि बढाएको छ । यहाँका विभिन्न स्थानबाट भारतबाट अवैधरुपमा भन्सार छली ल्याएको रु चार करोड ४२ लाख ८४ हजार मूल्य बराबरको सरसामान प्रहरीले बरामद गरी कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको जिम्मा लगाएको प्रहरी उपरीक्षक जोशीले जानकारी दिए ।
















President Paudel lays foundation for Bhanu Literary Park in Tanahu
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
Chinese Ambassador calls on Minister Pokharel
खोप लगाउन छुटेका बालबालिकालाई ‘खोज र खोप’ अभियान
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया