एमाले हुम्लाको अध्यक्षमा ज्ञामी बुमी निर्वाचित
मेरोन्यूज
२०८१ वैशाख ३ गते १२:५९

सिमकोट । नेकपा एमाले हुम्लाको अध्यक्षमा अध्यक्षमा ज्ञामी बुमी निर्वाचित भएका छन् । पार्टीको १०औँ जिल्ला अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्षसहित विभिन्न पदका लागि आइतबार साँझ मतदान भएको थियो । गए राति नै मतगणना गरिएको थियो । अध्यक्षमा बुमीका निकटतम प्रतिद्वन्द्वी डबल रावत रहेका थिए । बुमीले १२४ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्दी रावतले ११९ मत प्राप्त गरेका थिए ।
उपाध्यक्ष, सचिव, महिला उपसचिव र खुला उपसचिवमा पनि बुमीको प्यानल विजयी भएको छ । उपाध्यक्षमा प्रकाशबहादुर शाहीले १६२ मत ल्याएर विजयी भए भने सचिवमा तीर्थराज बोहराले १३१ मत प्राप्त गर्दै जित हासिल गरेका छन् ।
त्यसैगरी खुला उपसचिवमा प्रदीप लामाले १३३ मत तथा महिला उपसचिवमा मञ्जु रावलले १३४ मत प्राप्त गर्दै जित हासिल गरेकी छन् ।
सम्बन्धित















सुशासन र पारदर्शितामा सांसदहरूको जोड
इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल–अमेरिकासँगको सम्बन्ध आरोप
धनुषामा स्नातकोत्तर सम्मेलन सुरु
अटोपत्रकार संघ जामको नयाँ कार्यसमिति चयन, अध्यक्षमा पौडेल र महासचिवमा श्रेष्ठ
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
प्रतिक्रिया