सेयर बजारमा दोहोरो अंकको गिरावट, २ अर्बकाे काराेबार
मेरोन्यूज
२०८१ वैशाख ४ गते १५:५९

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १४ दशमलव ८१ अङ्कले घटेर १९९१ दशमलव ७१ को बिन्दुमा कायम भएको हो ।
आज ३१२ कम्पनीका ५४ लाख ७१ हजार ६८ कित्ता शेयर ३९ हजार ४७६ पटक खरिदबिक्री हुँदा २ अर्ब १० करोड ३० लाख १९ हजार २१८ बराबरको कारोबार भएको छ ।
आज सबै समूहको उपसूचक घटेका छन् । सबैभन्दा धेरै हाइड्रो समूह १.३१, माइक्रोफाइनान्स १.१६ र अन्य समुह १.०७ प्रतिशतले घटेको छ ।
आज सबैभन्दा बढी सिद्धार्थ बैंकको डिभेन्चरको ९.९९ प्रतिशतले बढेको छ भने रु रु जलविद्युतको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमको आधारमा आज गोर्खा फाइनान्सको सबै भन्दा बढी कारोबार भएको छ । आज सबैभन्दा धेरै गोर्खा फाइनान्सको १७ करोड ५९ लाख बराबरको सेयर कारोबार भएको छ ।
सम्बन्धित
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया