गायिका एलिना चौहान आज विवाह बन्धनमा बाँधिदै
मेरोन्यूज
२०८१ वैशाख ५ गते ९:०१

काठमाडौं । चर्चित गायिका एलिना चौहानको आज विवाह हुदैँछ ।
हाल अष्ट्रेलियामा बस्दै आइरहेका प्रेमी विष्णु सापकोटासँग विवाह बन्धनमा बाँधिन लागेकी हुन ।
परम्परागत रूपमा हुने सो विवाह समारोह एलिनाको गृह जिल्ला झापामा हुनेछ, जसका लागि बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा विवाह समारोहको आयोजना गरिएको छ।

मंगलबार उनले मेहन्दी समारोह गरेको तस्विर तथा भिडियो सार्बजनिक भइसकेको छ भने बागलुङबाट जन्तीसहित बिष्णु मंगलबार नै झापा पुगिसकेका छन् ।

एलिना र विष्णुले केही वर्षको प्रेम विवाहमा परिणत गर्न लागेका हुन् । विष्णु केही समयदेखि अस्ट्रेलिया बस्दै आएका छन् । तर, यसबिचमा उनीहरूको ब्रेकअप भएको हल्ला पनि चलेको थियो । सो हल्लालाइ चिर्दै एलिना–बिष्णु विवाह बन्धनमा बाँधिन लागेका हुन ।

सम्बन्धित









एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
युवा नै नयाँ नेपालको नेतृत्व हुन्, पार्टीले जिम्मेवारी दिन्छः संयोजक दाहाल
माछा मार्न गएका ताजपुरियाको मृत्यु
काठमाडौंको कमजोर ब्याटिङ, विराटनगरले पायो १३५ रनको सामान्य लक्ष्य
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया