टी-२० वरियतामा दिपेन्द्रको छलाङ
मेरोन्यूज
२०८१ वैशाख ५ गते १४:४३

काठमाडौँ । आइसीसीको टी- २० वरियतामा दिपेन्द्र सिंह ऐरीले छलाङ मारेका छन् ।
आइसीसीले बुधबार सार्बजनिक गरेको नयाँ वरियतामा दिपेन्द्र अलराउण्डरमा ११औं स्थानमा उक्लिएका हुन् । यसअघि २५औं स्थानमा रहेका दिपेन्द्रले १४ स्थान सुधार गर्दै टी-२० अलराउण्डरमा ११औं स्थानमा उक्लिएका हुन् ।
दिपेन्द्र हाल जारी एसीसी प्रिमियर कपमा कतारविरुद्धको खेलमा एक ओभरका सबै बलमा छक्का हानेर अन्तर्राष्ट्रिय रुपमै चर्चामा रहेका छन् । उनी टी-२० अन्तर्राष्ट्रिय खेलमा भारतका युवराज सिंह र वेस्ट इण्डिजका केरन पोलार्डपछि तेस्रो खेलाडी बनेका छन् ।
त्यस्तै दिपेन्द्रले टी-२० ब्याट्सम्यानको वरियतामा भने १६ स्थान सुधार गर्दै ६१औं स्थानमा रहेका छन् ।
त्यस्तै टी- २० ब्याट्सम्यानको वरियतामा नेपालका ओपनर आसिफ सेखले ३६ स्थानको सुधार गर्दै ७५औं स्थानमा आएका छन् ।
सम्बन्धित














नेकपा र संयुक्त जेनजी आन्दोलनका संयोजक ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
दाङमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया