प्रतिबन्धित गाँजासहित ७ जना पक्राउ

बागमती । पर्सा राष्ट्रिय निकुञ्ज हुँदै प्रतिबन्धित लागुऔषध गाँजा तस्करी गरिरहेको आरोपमा पक्राउ परेका सात जनालाई आज जिल्ला प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक गरेको छ ।
पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–४ माथिल्लो मसिने भनिने स्थानबाट लागुऔषध गाँजा एक क्विन्टल ३० किलो एक सय ५० ग्रामसहित मंगलबार पक्राउ गरेका सात जनालाई प्रहरीले सार्वजनिक गरेको हो ।
निकुञ्जअन्तर्गत पदमपोखरी सेक्टर लामिटारबाट खटिएको नेपाली सेनाको टोली र निकुञ्ज प्रशासनको संयुक्त टोलीले गाँजासहित मकवानपुरको कैलाश गाउँपालिका–४ निवासी २८ वर्षीय बमबहादुर चेपाङ, २७ वर्षीय वीरमान प्रजा, २७ वर्षीय हरिकुमार प्रजा, राक्सिराङ गाउँपालिका–७ निवासी १९ वर्षीय टीकाराम प्रजा, मनहरी गाउँपालिका–५ निवासी ३६ वर्षीय दीपक थापा मगर, मनहरी गाउँपालिका–३ निवासी ४४ वर्षीय रामहरि लुइँटेल र एक नाबालकलाई पक्राउ गरेको थियो ।
पक्राउ परेकालाई आज सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । सबैमाथि आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।
















बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १०% सम्मको छुट
इनड्राइभद्वारा ड्राइभर पार्टनर्सका लागि सुरक्षा तालिम सम्पन्न
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
प्रतिक्रिया