बुधबार, वैशाख १६, २०८३

चार स्रष्टा सम्मानित

मेरोन्यूज २०८१ वैशाख ५ गते २१:५३

काठमाडाैँ । साहित्यकार पारिजातको स्मृतिमा चार जना स्रष्टालाई सम्मान गरिएको छ।

Advertisement
NiccNicc

पारिजात स्मृति केन्द्रद्वारा आज आयोजित कार्यक्रममा सम्मानित हुनेमा पारिजात सृजन सम्मान २०८० बाट साहित्यकार शोभा दुलाल, पारिजात बालसाहित्य सम्मान २०८० बाट प्राडा ध्रुव घिमिरे, पारिजात कलासाहित्य २०८० बाट उदय श्रेष्ठ र पारिजात सङ्घर्षशील नारी सम्मान २०८० बाट निर्मलादेवी साह सम्मानित भएका हुन्।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भुपाल राईले सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गरेका हुन्। सो अवसरमा कुलपति राईले तत्कालीन समयमा साहित्यका क्षेत्रमा प्रतिपक्षको आवाज उठाउने पारिजात नै रहेको बताए।

अन्तर्राष्ट्रिय सङ्घ संस्थासँग समेत आबद्ध रहेका साहित्यकार पारिजातले मदन पुरस्कार, गङ्की पुरस्कार पाण्डुलिपि पुरस्कारसमेत प्राप्त गरेकी थिइन्।

पारिजातको दीर्घ रोगका कारण विसं २०५० वैशाख ५ गते निधन भएको थियो। कार्यक्रममा केन्द्रका अध्यक्ष मातृका पौडेलले पारिजात नेपाली साहित्यको उच्च व्यक्तित्व रहेको बताए ।

प्रतिक्रिया