आइपिएलमा आज लखनउ र चेन्नई भिड्ने

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै छ ।
शुक्रबार लखनउ सुपर जाइन्ट र चेन्नई सुपर किंग्सबीच खेल हुदै छ । लखनउमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु हुने छ ।
जारी आइपिएलमा लखनउले ६ खेलमा ३ जित र ३ हार व्यहोरेको छ र अंक तालिकामा पाँचौं स्थानमा रहेको छ । त्यस्तै चेन्नई सुपर किंग्सले ६ खेलमा ४ जित र २ हार बेहोरेको छ भने ८ अंकसहित तेस्रो स्थानमा रहेको छ ।
यसअघि दुई सिजन खेलेको लखनउ सुपर जाइन्ट दुवै सिजनमा प्लेअफसम्म पुगेको थियो । लखनउ केएल राहुलको कप्तानीमा यो सिजन पनि खेलिरहेको छ । यस टिममा कप्तान राहुलसहित दिपक हुडडा, रवि विस्नोई, क्रुनाल पाण्डेय, यश ठाकुर र देवदत्त पाडीकल जस्ता भारतीय खेलाडी यस सिजनमा महत्वपूर्ण हुने देखिन्छन् ।
त्यस्तै यसै सिजनमा डेभ्यु गरेका लखनउका तिब्र गतिका बलर मयंक यादव भने यो खेलमा उपलब्ध हुने छैनन् । उनी इन्जुरीका कारण उनी खेलमा फर्किने बारे स्पष्ट भएको छैन । उनले डेभ्यु खेलमा १५५.८ किमी प्रति घण्टाको गतिमा बलिङ गरेर सबैको ध्यानकेन्द्रित गरेका थिए । उनले यस आइपिएलमा अहिलेसम्म १५६.८ किमी प्रति घण्टाको गतिमा बल फालेर नयाँ रेकर्ड बनाइसकेका छन् ।
त्यस्तै निकोलस पुरन, मार्क्स स्टोइनिस, क्वेंटन डिकक, काइल मेयर्स र नविन उल हक जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।
यस सिजनमा महेन्द्र सिंह धोनीले भने चेन्नईको कप्तानी छोडेपछि रुतुराज गायकवाडले कप्तानी गर्दै छन् । चेन्नईका लागि कप्तान गायकवाडसहित रविन्द्र जडेजा, अजिख्य रहाने, समीर रिज्वी, महेन्द्र सिंह धोनी, दिपक चहर यस सिजनमा महत्वपूर्ण हुने छन् भने रचिन रविन्द्र, मुस्ताफिजुर रहमान, डार्यल मिचेल, मथीसा पाथिराना जस्ता खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।
चेन्नई आइपिएलकै सबैभन्दा सफल टिम मध्ये एक टिम हो । अहिलेसम्म चेन्नईले ५ आइपिएल उपाधि जितेको छ भने आइपिएलको डिफेन्डिङ च्याम्पियन समेत हो ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
प्रतिक्रिया