धनकुटामा माइक्रो बस दुर्घटना हुँदा १९ जना घाइते
मेरोन्यूज
२०८१ वैशाख ८ गते १४:१२

धनकुटा । धनकुटामा गएराती माईक्रो बस दुर्घटना भएको छ ।
काठमाण्डौबाट संखुवासभा तर्फ जाँदै गरेको बा ५ ख ७२४ नं काे माईक्रो बस राती २:१५ बजे तिर धनकुटा नगरपालिका ९ मुलघाट-रुद्रवारीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि १९ जना घाईते भएका छन् । उनिहरु सबैको उद्दार गरि ९ जनालाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको र बाँकीलाई जिल्ला अस्पताल धनकुटा ल्याईएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । उनिहरुको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ ।
घाईते मध्ये केहीको उपचार पछि डिस्चार्ज भईसकेको मुलघाट प्रहरी चौकीले जनाएको छ ।
अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको माईक्रो बस निकाल्ने प्रयास भईरहेको छ ।
सम्बन्धित

















आईसीसी टी–२० विश्वकप : आज भारत र पाकिस्तानको रोचक भिडन्त
शिवालयमा दर्शनार्थीको घुइँचो
आज महाशिवरात्रि पर्व : पशुपति दर्शनका तीन बाहिरी लाइन,चारवटै ढोका खुला
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आज २६३औँ सेना दिवस मनाइँदै
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
हिमाली र पहाडी जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की
इटालीलाई नेपालले दियाे १२४ रनकाे लक्ष्य
प्रतिक्रिया