धनकुटामा माइक्रो बस दुर्घटना हुँदा १९ जना घाइते
मेरोन्यूज
२०८१ वैशाख ८ गते १४:१२

धनकुटा । धनकुटामा गएराती माईक्रो बस दुर्घटना भएको छ ।
काठमाण्डौबाट संखुवासभा तर्फ जाँदै गरेको बा ५ ख ७२४ नं काे माईक्रो बस राती २:१५ बजे तिर धनकुटा नगरपालिका ९ मुलघाट-रुद्रवारीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि १९ जना घाईते भएका छन् । उनिहरु सबैको उद्दार गरि ९ जनालाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको र बाँकीलाई जिल्ला अस्पताल धनकुटा ल्याईएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । उनिहरुको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ ।
घाईते मध्ये केहीको उपचार पछि डिस्चार्ज भईसकेको मुलघाट प्रहरी चौकीले जनाएको छ ।
अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको माईक्रो बस निकाल्ने प्रयास भईरहेको छ ।
सम्बन्धित
















प्रतिनिधिसभा निर्वाचन : उम्मेदवारी फिर्ताको समय दिउँसो १ बजेसम्म
राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण
HoR elections: 88 polling stations ‘sensitive’ in Kavre
41 days to HoR elections: Election symbol to be provided to candidates today
बाटोमा लडेर बाजुरामा एक जनाको मृत्यु
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
ओलीले दर्ता गराए उम्मेदवारी (भिडियाेसहित)
प्रतिक्रिया