कुम्भमेलामा १० दिनमा दुई लाख सहभागी

धरान (सुनसरी) । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा सञ्चालन भइरहेको १२ वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी भएका छन् ।
बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला मूल आयोजक समितिको तथ्याङ्कअनुसार मेलामा सामान्य अवस्थामा दैनिक १५ हजारभन्दा बढी र महास्नानका बेला २५ देखि ३० हजार दर्शनार्थी सहभागी हुने गरेका छन् । मूल आयोजक समितिका सहअध्यक्ष तथा बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले दैनिक दर्शनार्थी बढिरहेको बताए।
आयोजकले एक महिनाभरमा करिब ३० लाख दर्शनार्थी सहभागी हुने अनुमान गरेर सोहीअनुरुप मेलाको व्यवस्थापन गरिएको जनाएको छ । दश दिन बितिसक्दा जम्मा दुई लाखमात्र दर्शनार्थी सहभागी हुनुले आयोजकले लक्ष्यअनुसार एक महिनामा ३० लाख दर्शनार्थी सहभागी आउन सम्भव नहुने चर्चा चलिरहेको छ ।
सहअध्यक्ष तथा नगरप्रमुख कार्की भने दैनिकरुपमा दर्शनार्थी बढ्दै गएकाले अन्तिमसम्ममा लक्ष्य पूरा हुने अपेक्षा गरिएको बताए। उनी भन्छन्, “पछि दर्शनार्थी बढ्दै जाने विगतको पनि अवस्था हेर्दा हामी लक्ष्यमा पुग्र्छौं भन्ने लाग्छ ।” कुम्भमेलामा बिहानैदेखि दर्शनार्थीको भीड लाग्ने गरेको छ ।
सप्तकोसीमा स्नान गर्न, कुम्भको दर्शन गर्न, प्रवचन सुन्न र घुमघाम गर्न दर्शनार्थी आइरहेका छन् । कुम्भमा सहभागी हुन पूर्वी नेपालबाट मात्र होइन पश्चिमका बैतडी, दाङ, बाजुरा, अछाम, डडेलधुरालगायतका जिल्लाबाट मान्छेहरु आइरहेको कार्कीले बताए ।
त्यस्तै मधेसका सप्तरी, सिरहादेखि भारतबाटसमेत उल्लेख्यरुपमा दर्शनार्थी आइरहेको आयोजकको भनाइ छ । टाढादेखि आउने दर्शनार्थीका लागि खाना र बस्नको व्यवस्था मिलाइएको छ । त्यस्तै यातायात, पार्किङ, पानी, शौचालय जस्ता आधारभूत कुराहरुको उचित व्यवस्थापन गरिएकाले अधिकांश दर्शनार्थी सन्तुष्ट देखिएको सहअध्यक्ष तथा नगर प्रमुख कार्कीको भनाइ छ ।

















आईसीसी टी–२० विश्वकप : आज भारत र पाकिस्तानको रोचक भिडन्त
शिवालयमा दर्शनार्थीको घुइँचो
आज महाशिवरात्रि पर्व : पशुपति दर्शनका तीन बाहिरी लाइन,चारवटै ढोका खुला
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आज २६३औँ सेना दिवस मनाइँदै
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
हिमाली र पहाडी जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की
इटालीलाई नेपालले दियाे १२४ रनकाे लक्ष्य
प्रतिक्रिया