आइपिएलमा आज दुई खेल हुँदै

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज दुई खेल हुँदै छन् ।
आज पहिलो खेल कोलकोता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलुरुबीच हुँदै छ । कोलकोताको इडेन गार्डेनमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न ३: ४५ बजेदेखि शुरु हुने छ ।
जारी आइपिएलमा कोलकोताले अहिलेसम्म ६ खेलमा ४ जित र २ हारसहित ८ अंक हासिल गरेको छ र अंक तालिकामा तेस्रो स्थानमा रहेको छ ।
त्यसैगरी रोयल च्यालेन्जर्स बैंगलुरुले भने यस सिजनमा ७ खेलमा केवल एक खेल मात्र जितेर खराब प्रदर्शन गरेको छ । अहिलेसम्म ६ खेलमा हार बेहोरेको बैंगलुरु अंक तालिकामा पुछारमा रहेको छ ।
त्यसैगरी आज दोस्रो खेल पञ्जाव किंग्स र गुजरात टाइटन्सबीच हुँदैछ । पञ्जावको घरेलु मैदान मुल्लनपुरमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु हुने छ ।
जारी आइपिएलमा अहिलेसम्म पञ्जावले ७ खेलमा केवल २ जित हासिल गरेको छ भने ५ खेलमा हार बेहोरेको छ । ४ अंकसहित पञ्जाव अंक तालिकामा नवौं स्थानमा रहेको छ ।
त्यसैगरी गुजरातले यस सिजनमा ७ खेलमा ३ जित र ४ हार बेहोरेको छ र अंकतालिकामा आठौँ स्थानमा रहेको छ ।














२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
हाफ म्याराथनको उपाधि गुरुङलाई
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया