शुक्लाफाँटामा १० महिनामा एक करोड राजस्व सङ्कलन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को हालसम्म रु एक करोड ९३ हजार छ सय २८ राजस्व सङ्कलन गरेको छ ।
नगरपालिकाको राजस्व शाखाका प्रमुख लोकराज भट्टका अनुसार सम्पत्ति करबाट रु १० लाख दुई सय ८१, भूमिकर रु १४ लाख १४ हजार नौ सय ६३, बहाल कर रु १५ लाख ५९ हजार एक सय ५९, बहाल विटौरी कर रु दुई लाख ४८ हजार सात सय ७७, व्यवसाय कर रु १२ लाख पाँच हजार नौ सय ६१ राजस्व सङ्कलन भएको छ ।
यसैगरी, अन्य करबापत रु ६२ हजार छ सय ५६, सरकारी सम्पत्ति बहालबाट प्राप्त आय रु दुई लाख ३१ हजार सात सय ५०, रोयल्टीबापत रु एक लाख ३० हजार एक सय ४२, अन्य सेवा शुल्क रु चार हजार २०, न्यायिक दस्तुर रु तीन हजार, नक्सापास दस्तुर रु तीन लाख २१ हजार तीन सय ८०, सिफारिस रु १८ लाख दुई सय ८७ राजस्व सङ्कलन भएको छ ।
योसँगै व्यक्तिगत घटना दर्ता दस्तुर रु चार लाख एक हजार तीन सय १०, नाता प्रमाणित दस्तुर रु ३६ हजार पाँच सय ४८, अन्य दस्तुर रु आठ लाख ८७ हजार छ सय ३६, प्रशासनिक दण्ड जरिवानाबापत रु दुई लाख ५५ हजार, अन्य राजस्व रु दुई लाख ३४ हजार छ सय ३३ र बेरुजुबापत रु दुई लाख ९६ हजार एक सय २५ राजस्व सङ्कलन भएको छ ।
सङ्कलित राजस्वमा नगरपालिकाका १२ वटै वडाबाट रु ४२ लाख ४९ हजार चार सय ९२ र नगरपालिका कार्यालयबाट रु ५८ लाख ४४ हजार एक सय ३६ रकम रहेको शाखा प्रमुख भट्टको भनाइ छ । करका दायरा फराकिलो बनाउँदै राजस्व सुधार कार्ययोजना तयार गरी आन्तरिक आय वृद्धि गर्न विशेष अभियान सञ्चालन गरिन लागेको शाखा प्रमुख भट्टले बताए ।
“नगरभित्र रहेका दिगो र भरपर्दो कर योग्य क्षेत्रको पहिचान गरी करदाता अनुकूल कर निर्धारण गरेर करको दायरा फराकिलो बनाउन आगामी योजनामा समावेश गर्दैछौँ”, नगर उपप्रमुख कल्पना पन्तले भनिन्, “वडास्तरबाटै सम्पूर्ण कर विद्युतीय प्रणालीमार्फत सङ्कलन गरिने व्यवस्था गर्दैछौँ ।”
कर प्रणालीलाई सरल, सहज, नागरिकमैत्री बनाइने उल्लेख गर्दै उनले प्रत्येक वडामा कर अभियान सञ्चालन गरी कर सङ्कलनमा सहजता ल्याइने बताइन् । नगरपालिको आन्तरिक आय न्यून भएकाले नदीजन्य पदार्थ (ढुङ्गा, गिटी, बालुवा) वन पैदावरजन्य प्राकृतिक स्रोतको बिक्रीवितरणबाट राजस्व अभिवृिद्ध गर्न रणनीतिकरुपमा अगाडि बढ्ने योजना रहेको चर्चा गर्दे उनले नगरपालिका क्षेत्रमा सञ्चालित व्यवसायलाई करको दायरामा ल्याउने नीति अवलम्बन गरिने बताइन् ।
उनका अनुसार करको दायरामा परी कर तिर्न अटेर गर्नेलाई दण्ड जरिवाना तथा नियमित कर तिर्नेलाई सम्मान तथा पुरस्कृत हुने व्यवस्था मिलाइनेछ । व्यवसाय दर्ता गरेर लामो समयबाट सञ्चालनमा नरहेका अवस्थाका व्यवसायीको लगत लिइ व्यवस्थापन गरिनेछ । राजस्व सुधार कार्ययोजनालाई कार्यान्वयन गर्दै राजस्व सङ्कलनलाई प्रभावकारी बनाउन कार्यक्रम सञ्चालन गरिने जानकारी दिँदै उनले आन्तरिक राजस्व वृद्धिमा उल्लेख्य योगदान गर्ने कर्मचारी र करदातालाई सम्मान र पुरस्कृत गर्ने व्यवस्था गरिने बताइन् ।













पूर्वराष्ट्रपति भण्डारीद्वारा सर्वोच्च अदालतको अवलोकन
कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
माथिल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटक घटे
विधानअनुसार अघि बढे पार्टी फुट्दैन : विश्वप्रकाश शर्मा
Around 300,000 foreign tourists visit Annapurna area in 2025
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया