सामाजिक अभियन्ता दिनेश र हेमा आमजनता पार्टीमा प्रवेश

काठमाडौं। सिरहाका प्रतिष्ठित एवं सामाजिक व्यक्तित्व दिनेश कुमार साह र समाजसेवी एवं महिला अभियन्ता हेमा साह आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् ।
आजपाको काठमाडौं स्थित केन्द्रीय पार्टी कार्यालयमा सोमवार एक कार्यक्रमका बीच दिनेश र हेमा आजपामा प्रवेश गरेका हुन् । दुबै जनालाई आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले टिका लगाएर पार्टीमा स्वागत गरेका छन् । स्वागत गर्दै पार्टी अध्यक्ष साहले पार्टीद्धारा जारी भ्रष्टाचार, अनियमितता एवं दलिय लुटतन्त्र विरुद्धको आन्दोलनमा सक्रिय रुपमा सहभागि हुन आग्रह गरेका छन् ।
सो अवसरमा पार्टीका उपमहासचिव एवं प्रवक्ता चन्द्रभुषण साह, उपमहासचिव मनोज यादव, स्थायी कमिटी सदस्य सुनिता साह क्रान्ति लगायतको सहभागिता रहेको थियो ।
यस अघि गत साता सद्भावना पार्टीका सिरहा जिल्ला पूर्व अध्यक्ष भरत प्रसाद साह आजपामा प्रवेश गरेका थिए । तत्कालिन ६ वटा मधेसवादी दलहरु मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा)का केन्द्रीय सदस्य समेत रहेका साहले मधेसवादी दलका नेताहरु भ्रष्टाचारमा डुबेको आरोप लगाउँदै आजपामा प्रवेश गरेका थिए ।
पछिल्लो समय बिभिन्न पार्टी परित्याग गर्दै आजपामा देश भरी प्रवेश गर्नेको संख्या बढदै गइरहेको आईटी आर्मीका केन्द्रीय सदस्य रामशरण यादवले बताए ।
















पाँचथरमा जिप दुर्घटना हुँदा युवकको मृत्यु
राजस्व चुहावट नियन्त्रणका लागि कार्ययोजना बनाएर काम गर्न निर्देशन
NCP takes critical stand in parliament, Barsha Man Pun says
Harka Sampang insists on proper conservation, utilisation of natural resources
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
प्रतिक्रिया