सुदर्शनको नयाँ फिल्म‘रावायण’ को छायांकन सुरु

काठमाडौँ । निर्देशक सुदर्शन थापाको नयाँ फिल्म ‘रावायण’ को छायांकन सुरु भएको छ । सोमबार जनकपुरधामस्थित प्रख्यात जानकी मन्दिरमा शुभ-मुहूर्त गर्दै रेल्वे स्टेशनबाट छायांकन सुरु गरिएको हो ।
फिल्मको शुभमुहूर्तमा निर्देशक थापासहित फिल्मका कलाकारहरु पल शाह, पूजा शर्मा, प्रमोद अग्रहरी, सुशान्त श्रेष्ठ लगायत सहभागी भएका थिए । मंगलबारबाट सर्लाही जिल्लास्थित लालबन्दीमा छायांकन गरिने जानकारी निर्माण टिमले दिएको छ ।
एक्सन तथा लभस्टोरी कथामा बन्न लागेको फिल्मको धेरैजसो छयांकन सोहि स्थान वरपर हेन बताइएको छ ।
फिल्ममा प्रियंका कार्की, पूर्व मिस नेपाल निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकालको पनि अभिनय रहनेछ । फिल्ममा पल एक्सन भूमिकामा रहेका छन् । फिल्ममा उनी दोहोरो भूमिकामा देखिनेछन् ।
सुदर्शन थापा र पूजा शर्माको संयुक्त निर्माण रहने फिल्मको आगामी भदौ २१ गतेलाई प्रदर्शन मिति घोषणा गरिसकिएको छ ।
















पर्वतको लुङ्खु – हुवास सडक कालोपत्र सम्पन्न
सेयर बजारमा २५ अंकको गिरावट
उपसभामुख रुवी ठाकुर अस्पताल भर्ना
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
प्रतिक्रिया