पचाल झरनालाई नेपालकै ‘अग्लो झरना’ को मान्यता दिन आग्रह

मान्म (कालीकोट) । कालीकोटको पचाल झरना गाउँपालिका–३ मा रहेको पचाल झरनालाई नेपालकै अग्लो झरनाको आधिकारिक मान्यता दिन स्थानीयले आग्रह गरेका छन् ।
पटकपटक नापजाँच गर्दा यसअघि नेपालकै लामो भनिएको झरनाभन्दा अग्लो रहेको पत्ता लागेकाले त्यसको आधिकारिक अभिलेख राखी पूर्वाधार विकासमा लगानी र प्रचारप्रसारमा ध्यान दिन स्थानीयको आग्रह छ ।
स्थानीय शिवराज सेजुवाल पटकपटक नापजाँच गरेर नेपालकै अग्लो दाबी गरिए पनि आधिकारिक अभिलेख राख्ने निकायले ध्यान नदिँदा पर्यटन प्रवद्र्धनका कामसमेत हुन नसकेको बताउछन् ।
“यो झरना नेपालकै लामो हो भन्ने देखिएको छ तर त्यसको आधिकारिक अभिलेख राखिएको छैन । यदि सो अभिलेख राखी झरनाको संरक्षण, विकास तथा पर्यटन प्रवद्र्धन गर्न सकिए कर्णालीको आकर्षक गन्तव्य बन्नसक्छ र यसतर्फ सरोकारवालाको ध्यान जान जरूरी छ”, उनले भने ।
पचाल झरना गाउँपालिकाका प्राविधिक इञ्जिनियर कुलप्रसाद न्यौपानले पनि झरना यसअघि नेपालकै अग्लो भनिएको तेह्रथुमको ह्याप्तुङ झरना (तीन सय ६५ मिटर) भन्दा अग्लो रहेको बताए ।
यो झरना चार सय १५ मिटर अग्लो रहेको उनको भनाइ छ । “गाउँपालिकाले गरेको सर्वेक्षणमा पचालझरना खसेको ठाउँदेखि तल ठोक्किएको ठाउँसम्म तीन सय ८१ मिटर उचाइ र ठोक्किएको ठाउँबाट तल झरेको ठाउँसमेतको दूरी लिँदा चार सय १५ मिटर अग्लो रहेको पाइयो”, न्यौपानेले भने, “पर्यटन बोर्डले यसलाई मान्यता दिएमा सबैको ध्यानाकर्षण हुन्थ्यो ।
जसले पर्यटन प्रवद्र्धनका काम गर्न पनि सहज हुने हाम्रो बुझाइ छ ।” गाउँपालिकाका अध्यक्ष देवजङ्ग शाहीले गाउँपालिकाले झरनासम्म पुग्नका लागि पैदलमार्ग, होमस्टे र सूचना केन्द्र स्थापना गरे पनि अन्य निकायबाट सहयोग नपाइएको गुनासो गरे ।
“नेपाल पर्यटन बोर्डले अग्लो झरना भनेर अभिलेख नराखिदिँदा प्रचारप्रसार गर्न सकिएको छैन । त्यसैकारण कर्णालीकै प्रमुख पर्यटकीय गन्तव्य बन्नसक्ने यो झरना ओझेलमा परेको छ”, अध्यक्ष शाहीले रासससँग भने । यो झरना सन् २०२० मा सरकारको सय गन्तव्यभित्र परेको थियो ।















रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
इजरायली आक्रमणबाट लेबनानमा मृत्यु हुनेको संख्या ९००
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
प्रतिक्रिया