यी तीन प्रदेशमा मेघ गर्जनसहित बर्षा हुने

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडि भु-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ ।
आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली भई देशका बाँकी भू-भागमा आंशिक देखि मौसम मुख्यतया सफा रहने छ | गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा कोशी र बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश लगायत कोशी, मधेश, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका तराइका केही स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।
राती भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । लुम्बिनी प्रदेशको तराईका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।
गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा कोशी र बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । साथै आज दिउसो लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कोशी, मधेश, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ। साथै आज दिउँसो लुम्बिनी प्रदेश लगायत कोशी, मधेश, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका तराइका केही स्थानहरुमा र राती लुम्बिनी प्रदेशको तराईका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया