पोखरा महानगरपालिकामा ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा

गण्डकी । पोखरा महानगरपालिका–२५ ले ‘वडा नागरिक आरोग्य कार्यक्रम’ सुरू गरेको छ । ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न सो कार्यक्रम सञ्चालन गरिएको हो ।
हेम्जा स्वास्थ्य चौकीका प्रमुख कुश्मराज सुवेदीका अनुसार ज्येष्ठ नागरिकसँगै अन्य दीर्घ रोगी, अशक्त र विपन्न परिवारका सदस्यलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिएको हो ।
“विशेष गरी नसर्ने रोगबाट प्रभावित ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने, औषधि नियमित गरेनगरेको अनुगमन गरिन्छ”, प्रमुख सुवेदीले भने , “सरकारले सूचीकृत गरेका औषधि निःशुल्क वितरण गर्छौँ ।” उनले समुदायस्तरमा स्वास्थ्य सचेतना र प्रवर्द्घनका कार्यक्रम पनि सँगसँगै सञ्चालन गरिने बताए ।
उच्च रक्तचाप, मधुमेहलगायत नसर्ने रोगबाट प्रभावित ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा प्रदान गरिने उनले बताए । अस्पताल जानुपर्ने अवस्था भए सोही अनुसारका सल्लाह दिइने उनले जानकारी दिए।
वडा कार्यालयको आर्थिक सहयोगमा उक्त कार्यक्रम कार्यान्वयन भएको हो । वडाध्यक्ष मोती तिम्सिनाले महानगरकै नमूना कार्यक्रमका रूपमा ‘वडा नागरिक आरोग्य कार्यक्रम’ सञ्चालन गरिएको बताए ।
















बाजुरामा स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता
उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो
पूर्वी नाका काँकडभिट्टाबाट भित्रिए ७ हजार ६४२ पर्यटक
गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा घरटहरा हटाउने काम जारी
साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
इलाम गोल्डकप : फाइनलमा एनआरटी र मच्छिन्द्र भिड्ने
प्रतिक्रिया