राष्ट्रिय क्रिकेटः गण्डकी प्रदेश विजयी

काठमाडौँ । गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा कोशी प्रदेशलाई आज चार विकेटले पराजित गरेको छ ।
मूलपानी क्रिकेट मैदानमा भएको खेलमा कोशीले प्रस्तुत गरेको एक सय ५६ रनको लक्ष्य गण्डकीले १९ दशमवल पाँच ओभरमा छ विकेट गुमाउँदै पूरा गर्यो ।
गण्डकीका लागि दिनेश बुढामगरले सर्वाधिक ३३ रनको योगदान दिए भने ईश्वर क्षेत्रीले २५ रन बनाए । त्यस्तै अर्जुन कुमालले २४, अर्जुन रायमाझीले अविजित २३, कप्तान विपिन खत्रीले अविजित १८, दीपक डुम्रेले १८ र अमृत गुरुङले १२ रन बनाए ।
कोशीका लागि प्रकाश कार्कीले दुई विकेट लिए भने श्रवण यादव, दीपेश कँडेल, ज्ञानेन्द्र श्रेष्ठ र श्रवण किस्कुले समान एक/एक विकेट लिए ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोशीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ५५ रनको योगफल बनाएको थियो ।
कोशीका लागि सोनु अन्सारीले ४४, मिनाश थापाले ४३, कप्तान अङ्कित सुवेदीले ३२, श्रवण यादवले अविजित २१ तथा दीपेश कँडेलले १० रन बनाएका थिए । गण्डकीका लागि सुवास भण्डारीले तीन तथा विपिन खत्री र अमृत गुरुङले समान एक एक विकेट लिए ।














२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
हाफ म्याराथनको उपाधि गुरुङलाई
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
प्रतिक्रिया