दयाहाङ र मिरुनाको फिल्म ‘घरज्वाइँ’ को पोस्टर सार्वजनिक

काठमाडौँ। अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको फिल्म ‘घरज्वाइँ’को दोस्रो चरणको पोस्टर सार्वजनिक गरिएको छ ।
सार्बजनिक पोस्टरले फिल्म ग्रामीण परिवेशमा बनेको बुझ्न सकिन्छ । पोष्टरमा दयाहाङ र मिरुनासहित शिशिर वाङ्गदेल, बुद्धि तामाङ, पुष्कर गुरुङ, कविता आलेलाई समेत फिचर गरिएको छ ।
पूर्वी रुकुमको तकसेरा क्षेत्रमा छायांकन भएको ‘घरज्वाइँ’मा निर्देशक अनिल मगरकै कथा छ भने पटकथा तथा संवाद लेखन विनोद खतिवडा र सुभाष कोइरालाले गरेका छन् ।
जिएम मुभिज र एबिएम सिनेमा प्रोडक्सनले मिलेर निर्माण गरेको फिल्ममा भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, शिला आले, अनु थापा, सुनिल मगर, विवेश बुढा मगर, विना थापा मगर, सोनाम लामा लगायतको पनि अभिनय छ ।
आगामी असार २८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ । नेपालमा भने आरआर फिल्म्सले ‘घरज्वाइँ’को वितरण गर्नेछ ।









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया