बर्दिवास नगरपालिकाले ७३ हजारलाई हात्तिपाईले रोगको औषधि खुवाउने

महोत्तरी । राष्ट्रिय हात्तिपाईले रोग निवारण कार्यक्रम २०८१ को पुर्वसन्ध्यामा महोत्तरीको बर्दिवासले औषधि सेवनको अभिमुखिकरण गराएको छ ।
नगर क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी, स्वास्थ्य व्यवसायी, पत्रकार, जनप्रतिनिधिहरुको सहभागीतामा आज भएको उक्त कार्यक्रममा १६ बैसाख देखि सुरु हुने औषधि सेवन प्रक्रियाको बिषयमा अभिमुखिकरण दिएको हो ।
प्राणघातक नभएतापनी मानिसहरुलाई अशक्त तथा अपाङ्ग वनाउने यो रोगका विरुद्ध हरेक बर्ष आईभरमेक्टिन, इथाईल्कारबमाजली र अल्वेन्डाजोल भन्ने औषधि अनिवार्य खुवाउनु पर्ने स्वास्थ्यकर्मीहरुले वताएका छन । तीन वटै औषधि उचाईअनुसार निर्धारण हुने र उचाई नापेर मात्र सेवन गराउने प्रक्रिया रहेको स्वास्थ्यकर्मीहरुको भनाई छ ।
रोग संक्रमणको हिसावले महोत्तरी जोखिममा नै रहेको वताउदै नगर स्वास्थ्य शाखा प्रमुख सुरेश पासवानले उक्त औषधि निर्धारित मिति देखि हरेक टोल, विद्यालयहरुमा पाईने जानकारी दिए ।
माईक्रोफालेरिया परजिवी घटाएर रोग लाग्न नदिने यो औषधि दुई बर्ष भन्दा मुनिका बालबालिका, गर्भवती, सुत्केरी आमा, सिकिस्त विरामी र क्षारेरोग भएकाहरुका लागि खुवाउन नमिल्ने स्वास्थ्यकर्मीहरुले सल्लाह दिएका छन ।
बैसाख-२६ गतेसम्म निर्धारण गरिएतापनी आम मानिसहरुको सेवनको दरलाई हेरेर उक्त मितिलाई बढाउन सकिने नगर स्वास्थ्य शाखाले जनाएको छ । समुदायमा अभिमुखिकरणको लागि नगरले विभिन्न ठाउँमा स्वयमसेवक समेत परिचालन गरेको छ।
नगरको ७६ हजार १ सय ४१ जनसंख्या मध्ये ७३ हजारलाई औषधि खुवाउने नगरले लक्ष्य राखिएको छ । जिल्लाको अन्य पालिकाको तुलनामा बर्दिवास नगरपालिकामा लक्षित कुल जनसंख्याको ९६ प्रतिशतलाई खुवाईएको थियो । यो जिल्लाको नै सवैभन्दा बढी प्रतिशत हो ।
















बाजुरामा स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता
उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो
पूर्वी नाका काँकडभिट्टाबाट भित्रिए ७ हजार ६४२ पर्यटक
गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा घरटहरा हटाउने काम जारी
साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
इलाम गोल्डकप : फाइनलमा एनआरटी र मच्छिन्द्र भिड्ने
प्रतिक्रिया