कस्ताे छ तपाईंको आजकाे दिन ? हेर्नुहाेस् राशिफल

आज मिति २०८१ साल वैशाख १३ गते बिहिवार । वैशाख कृष्ण प्रतिपदा । पञ्चाङ्ग: व्यतिपात कौलव विशाखा । अप्रिल २५ तारिख २०२४
यस्ताे छ तपाईंकाे आज काे राशिफल :-
मेष : स्वादिष्ट भोजन मिल्नेछ। मित्र वा आफन्तको सहयोग मिल्नेछ। रमाइलो यात्राको योग रहेको छ। वैदेशिक कार्य अघि बढ्नेछ। शुभकार्यको चर्चा चल्नेछ। साँझमा भने पारिवारिक झमेला हुन सक्ने र खर्च बढ्नेछ।
वृष : महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइनेछ। धार्मिक र सफल यात्राको योग छ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। रोकिएका काम पूरा हुनेछन्।
मिथुन : ठीक समयमा सही निर्णय लिन सकिनेछ। लगनशीलताले काम अगाडि बढ्नेछन्। दाजुभाइ तथा दिदीबहिनीले तपाईँको विचारलाई समर्थन गर्नेछन्। रोकिएका काम पूरा हुनेछन्। वैदेशिक कार्य अघि बढ्नेछ।
कर्कट : लाभ-हानि, सुख-दुःख बराबरी रहनेछ। स्वास्थ्यप्रति सजग रहन आवश्यक छ। प्रेम सम्बन्धमा बाधा पुग्न सक्छ, सचेत हुनुपर्छ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। सेयर बजारको कारोबारमा मन्दी आउला।
सिंह : नयाँ व्यक्तिसँग भेटघाटको अवसर मिल्नेछ। टाढिएका आफन्तसँग पुन: सम्बन्ध गाँसिन सक्छ। कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ।
कन्या : राजनीतिक कार्यमा सफलता मिल्नेछ। प्राविधिक कार्यमा सफलता पाइनेछ। मङ्गल कार्यको योग छ र सन्तान सुख पनि मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ। नजिकको व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ।
तुला : महत्त्वपूर्ण कामको थालनी हुनेछ। आफन्तको प्रगतिमा मन रमाउनेछ। प्राविधिक काममा सफलता मिल्नेछ। पुराना साथीभाइसित भेटघाट हुनेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ।
वृश्चिक : मालसामान हराउन सक्छ। कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। घर व्यवहारको समस्याले सताउनेछ। आफन्तको प्रगतिमा मन रमाउनेछ। आर्थिक क्षेत्रमा सङ्कट आउन सक्छ।
धनु : नयाँ अनुभव मिल्ने र नयाँ योजना बन्नेछ। रोकिएका काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। मालसामान हराउन सक्छ। अग्रजहरूको अनुभव अनुसार अवसर पहिल्याउन सकिनेछ।
मकर : रमणीय र सुखद यात्राको योग छ। नयाँ ज्ञान सिक्ने मौका मिल्ने र स्वादिष्ट भोजन मिल्नेछ। पढाइलेखाइमा प्रगति हुनेछ। प्रणय सम्बन्ध बढेर जाने समय छ। पुँजी बजार तथा सेयर बजारको क्षेत्रमा सफलता मिल्ला।
कुम्भ : घर-परिवारसँग समय व्यतीत हुनेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। रोकिएका पुराना काम सम्पन्न हुनेछन्। रमणीय र सुखद यात्राको योग छ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ।
मीन : आफ्नो विचार विपरीत निर्णय हुनेछ। घर परिवारमा सुख सन्तोषको कमी हुनेछ। विश्वासपात्रलाई वचन दिँदा संयम अपनाउनुहोला। प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया