चौथो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता वैशाख १४ र १५ गते हुने

गण्डकी । पोखरा महानगरपालिका–२९ स्थित लेक सिटी ब्याडमिन्टन क्लबको आयोजनामा यही वैशाख १४ र १५ गते चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।
पोखरा महानगरपालिका–२९ को संरक्षकत्व एवं मुख्य प्रायोजन रहेको प्रतियोगिता पोखरा महानगरपालिका–३० स्थित भूगोल पार्कको ब्याडमिन्टन हलमा सञ्चालन हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष शरणकुमार प्रधानले जानकारी दिए।
प्रतियोगिताअन्तर्गत ए लेबल मेन्स डबल, सी लेबल मेन्स डबल, ५५ वर्षभन्दा माथिको मेन्स डबल्स र वुमेन्स डबल्समा एक सय २६ टोलीको सहभागिता रहने उनले बताए ।
ए लेबल मेन्स डबल्समा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु ४१ हजार, २२ हजार हजार नगदसहित पदक तथा प्रमाणपत्र प्रदान गरिने छ । सी लेबल मेन्स डबल्समा प्रथम, द्वितीय र तृतीय हुनेलाई रु ३५ हजार, १८ हजार र छ हजार नगदसहित पदक तथा प्रमाणपत्र प्रदान गरिनेछ । पचपन्न वर्षमाथिको मेन्स डबल्समा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु ३० हजार, १६ हजार र छ हजार नगदसहित पदक तथा प्रमाणपत्र प्रदान गरिनेछ ।














२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
हाफ म्याराथनको उपाधि गुरुङलाई
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया