गुजरातमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौँ । कप्तान ऋषभ पन्तको उत्कृष्ट ब्याटिङमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्सलाई ४ रनले हराएको छ । २२५ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै २२० रनमात्र बनायो ।
अन्तिम ओभरमा जित्नलाई गुजरातलाई १९ रन चाहिएको थियो । मुकेश कुमारलाई राशिद खानले पहिलो र दोस्रो बलमा चौका र पाँचौँ बलमा छक्का हाने पनि जिताउन सकेनन् । डेविड मिलर २३ बलमा ६ चौका र ३ छक्कासहित ५५ रनमा आउट भए । राशिद खान ११ बलमा २१ रनमा नट आउट रहे ।
साइ सुदर्शन ३९ बलमा ७ चौका र २ छक्कासहित ६५ रनमा आउट भए । कप्तान शुभमन गिल ६ र रिद्दिमान शाह २५ बलमा ५ चौका र १ छक्कासहित ३९ रनमा आउट भए ।
दिल्लीका राशिख सलामले ४ ओभरमा ४४ रन खर्चेर ३ विकेट लिए । कुलदीप यादवले २ विकेट लिए । मुकेश कुमार, एनरिच नोर्किया र अक्षर पटेलले १–१ विकेट लिए ।
त्यसअघि अरुण जेट्ली स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ४ विकेट गुमाउँदै २२४ रन बनाएको थियो । दिल्लीका कप्तान ऋषभ पन्तले ४३ बलमा ५ चौका र ८ छक्कासहित सर्वाधिक ८८ रन बनाए ।
अक्षर पटेलले ४३ बलमा ५ चौका र ४ छक्कासहित ६६, पृथ्वी शा ११, जेक फ्रेजर म्याकगर्क २३ र शाई होप ५ रनमा आउट भए। स्टब्सले तल्लोक्रममा ७ बलमा ३ चौका र २ छक्कासहित २६ रन बनाए ।
गुजरातका सन्दिप वारियरले ३ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । नुर अहमदले १ विकेट लिए । मोहित शर्माले ४ ओभरमा ७३ रन खर्चिए ।
दिल्ली ९ खेलमा ४ मा जितसहित छैटौँ स्थानमा छ । गुजरात ९ खेलमा ८ अंकका साथ सातौँ स्थानमा छ । राजस्थान रोयल्स ८ खेलमा १४ अंकका साथ शीर्षस्थानमा छ ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
प्रतिक्रिया