जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक

काठमाडौँ । नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा आयोजना गर्न लागेको ‘हिमाल, मानव र जलवायु परिवर्तन विषयको अन्तर्राष्ट्रिय संवाद’ कार्यक्रमको नयाँ वेबसाइट सार्वजनिक गरिएको छ ।
वन तथा वातावरण मन्त्रालयले बुधबार एक कार्यक्रम आयोजना गरी उक्त कार्यक्रमको तयारीका लागि mountain.mofe.gov.np नामक वेबसाइट सार्वजनिक गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जलवायु सल्लाहाकार डा पुपलर जेण्टलले वेबसाइट सार्वजनिक गर्दै यसबाट स्वदेश तथा विदेशमा रहेका सरोकारवाला विज्ञहरुले संवादबारेमा जानकारी तथा सूचना सहजरुपमा प्राप्त गर्ने बताए ।
वेबसाइटमा संवादको तयारीका क्रममा गरिने कार्यका संवाद समापन सम्पन्न सम्मका सूचना राख्दै जाने मन्त्रालयका सहसचिव डा. महेश्वर ढकालले बताए । जलवायु परिवर्तनसम्बन्धी यो विज्ञ संवादको उद्देश्य जलवायु परिवर्तनको सन्दर्भमा पर्वतीय पारिस्थितिकीय प्रणालीमा आधारित जलवायु उत्थानशील कार्यलाई सुदृढ, समन्वय र प्राथमिकता दिने रहेको छ । साथै पर्वतीय देशहरू र सम्बद्ध सबै सरोकारवालालाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन महासन्धिअन्तर्गतका कार्यक्रममा सहकार्य गर्न वातावरण बनाउने लक्ष्य राखिएको छ ।
यस संवादले पर्वतीय राष्ट्रहरूका सरकार, सरोकारवाला र सहयोगीलाई हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरहरु र यसका समाधानहरू सम्बन्धमा अझ गहनरूपमा बुझ्न, विशेषज्ञता र अनुभवलाई एकीकृत गर्न, र साझा सङ्कल्पसहित पर्वतीय जलवायु उत्थानशील रणनीति विकास गर्न मद्दत गर्ने सहसचिव ढकालले बताए ।
विशेषज्ञ संवादको उद्घाटन प्रधानमन्त्री दाहालले गर्नुहुने कार्यक्रम छ । त्यस्तै तीन वटा प्रमुख विषयगत क्षेत्रमा आधारित रहेर दुई वटा प्लेनरी र सात वटा संवाद सञ्चालन गर्ने गरी तयारी गरिएको छ । पहिलो सत्रमा ‘जलवायु विज्ञान र पर्वतीय तथ्य र तथ्याङ्क’ को विषयवस्तुमा जलवायु परिवर्तनको प्रभाव, सङ्कटासन्नता र जोखिम, हिमाली क्षेत्रमा भइरहेको वातावरणीय सङ्कटको विषयमा आवश्यक प्रमाण समेट्ने सत्र समावेश गरिनेछ ।
दोस्रो सत्रमा ‘प्रकृतिमा आधारित पर्वतीय उत्थानशीलताका उपायहरु’मा केन्द्रित भएर छलफल गरिनेछ । त्यस्तै तेस्रो सत्रमा ‘पर्वतीय क्षेत्रको संरक्षणका लागि आवश्यक पर्ने सम्भावित स्रोत र अवसरहरूको खोजि गर्ने गरी’ अन्तर्राष्ट्रिय सहयोग र क्षेत्रीय साझेदारीलाई अभिवृद्धि गर्ने खालका विषयहरु समावेश गरिएको छ ।
प्रधानमन्त्री दाहालले उद्घाटन गर्ने उक्त विशेषज्ञ संवादमा नेपाललगायत पर्वतीय देशहरू, अन्तर्राष्ट्रिय समुदाय, विकास साझेदार, अन्तर्राष्ट्रिय गैर–सरकारी संस्था, निजी क्षेत्र, नागरिक समाजका प्रतिनिधि र सञ्चारकर्मी समेत गरी २०० जनाभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया