बुधबार, वैशाख १६, २०८३

नुरगङ्गा प्रतिभा पुरस्कार लोकगायक राजु परियारलाई

मेरोन्यूज २०८१ वैशाख १३ गते १०:१७

काठमाडौँ । नुरगङ्गा प्रतिभा पुरस्कार गुठीले रु एक लाख राशिको नुरगङ्गा राष्ट्रिय गायन पुरस्कार लोकगायक राजु परियारलाई प्रदान गर्ने निर्णय गरेको छ ।

Advertisement
NiccNicc

गुठीका सदस्यसचिव यज्ञप्रसाद शर्मा पोखरेलका अनुसार गुठीले रु ३० हजार राशिको क्षेत्रीय साहित्य पुरस्कार पाल्पाका साहित्यकार रामबहादुर पहाडीलाई, रु २५ हजारको राष्ट्रिय नवप्रतिभा बाल साहित्य पुरस्कार मोरङका सोइना दाहाललाई र रु २० हजार राशिको क्षेत्रीय नवप्रतिभा गायन पुरस्कार अर्घाखाँचीका कुशल बेलवासेलाई प्रदान गर्ने निर्णय गरेको छ ।

पुरस्कार आगामी जेठ ११ गते प्रदान गरिने उनले बताए । विगत ३० वर्षदेखि कला साहित्य संस्कृतिका क्षेत्रमा सक्रिय सर्जकहरूलाई गुठीले पुरस्कृत गर्दै आएको छ ।

प्रतिक्रिया