वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजको पहिलो खेलमा नेपालले रोज्यो फिल्डिङ

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज हुँदै छ ।
टियु क्रिकेट मैदानमा हुने यो खेलमा नेपालले टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङगर्ने निर्णय गरेका छन् । योसंगै वेस्ट इन्डिज ए ले पहिला ब्याटिंग गर्ने भएको छ ।
सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले प्रिमियर कप खेल्ने टोलीबाहिर रहेका आकाश चन्द र आरिफ शेखलाई समेट्दै बिहीबार १६ सदस्यीय टोलीको घोषणा गरेको थियो।
शुक्रबार थप चार खेलाडी थपिएका छन्। टोलीमा नेपाल ए टोलीका विनोद भण्डारी र सागर ढकालसँगै कमल सिंह ऐरि र लोकेश बम थपिएका छन्।
सिरिजको दोस्रो खेल आइतबार र तेस्रो खेल बुधबार हुनेछ। चौथो खेल बिहीबार र अन्तिम खेल आगामी शनिबार हुनेछ।
नेपाली टोली
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहरा, विवेक यादव, आकाश चन्द, विनोद भण्डारी, सागर ढकाल, कमल सिंह ऐरी र लोकेश बम।
वेस्ट इन्डिज ए टोली
रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उपकप्तान), फबिएन एलेन, कदिम एलियन, जोसुवा विसोप, केसी कार्टी, जोनसन चाल्र्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओसान थोमस र हायडेन वाल्स।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
प्रतिक्रिया