शुक्रबार, चैत २०, २०८२

इलाम-२ मा मतगणना थाल्नुअघि सर्वदलीय बैठक

मेरोन्यूज २०८१ वैशाख १६ गते ८:०९

इलाम । प्रतिनिधि सभा सदस्य चयनका लागि शनिबार इलामको निर्वाचन क्षेत्र नम्बर २ मा सम्पन्न उपनिर्वाचनको मत गन्ने तयारी भइरहेको छ। यसका लागि अहिले सर्वदलीय बैठक सुरू भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

सबै मतदान केन्द्रबाट मतपेटिका इलामस्थित गौतम बुद्ध सभा हलमा ल्याइसकिएको छ।

हलका दुई स्थानमा मत गणना हुने छ। मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मतगणना स्थलमा तारले घेरेर सीसीटीभी जडान गरिएको छ।  

सर्वदलीय बैठक पनि मतगणनास्थलमै आयोजना गरिएको प्रमुख जिल्ला अधिकारीले यादवले जानकारी दिए। बैठकपश्चात् मतगणना सुरू हुने उनले जानकारी दिए ।

प्रतिक्रिया