विश्व बजारका लागि पनि नेपाल लगानीको उत्कृष्ट गन्तव्य हो- चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाल अन्तराष्ट्रिय लगानीका लागि उत्कृष्ट गन्तव्य रहेको बताएका छन् ।
काठमाडौंमा आज शुरु इमर्जिङ नेपाल इन्भेष्टमेन्ट समिटको उद्घाटन सत्रलाई सम्वोधन गर्दै अध्यक्ष अग्रवालले विश्वको तुलनामा सस्तो श्रमशक्ती, छिमेकी भारत र चीनको उपभोक्ता बजार लगायतका कारणले नेपाल विश्वकै उत्कृष्ट गन्तव्य रहेको बताएका हुन् ।
अध्यक्ष अग्रवालले भने, ‘नेपालमा ५७ प्रतिशत जनसंख्या सक्रिय श्रममा रहेको तथ्याङक छ, श्रम लागत पनि निकै सस्तो छ । यहा“ लगानी मार्फत उत्पादन भएका बस्तुहरुलाई विश्वका झण्डै ३ अर्व जनसंख्या रहेका छिमेकी भारत र चीनको बजारमा पुर्याउन सकिन्छ, ।’
आजको युगमा आर्थिक विकास र समृद्धिको यात्रामा एक्लै हि“ड्न नसकिने भन्दै अध्यक्ष अग्रवालले संयुक्त लगानीका लागि आव्हान समेत गरे । लगानीको सुनिश्चितताका लागि सरकारले कानुनी वातावरण बनाएको अध्यक्ष अग्रवालको भनाई छ ।
नेपालमा पर्यटन, जलविद्युत, पूर्वाधार र सूचना प्रविधिको क्ष्ँेत्रमा लगानीका लागि अध्यक्ष अग्रवालले अन्तराष्ट्रिय लगानीकर्तालाई आव्हान गरे ।
विदेशी लगानीकर्तालाई प्रतिफल सुनिश्चित गर्न कानुनी वातावरणसंगै लाभयुक्त परियोजनाहरु छनोट गरेको अग्रवालले बताए । उनले भने, ‘अन्तराष्ट्रिय लगानीकर्ताका लागि सहज आवागमन, प्रतिफलको सुनिश्चितता र सहज बर्हिगमनको व्यवस्था एकद्धार नीतिबाटै गरिएको छ, ।’
काठमाडौंमा भईरहेको तेस्रो अन्तराष्ट्रिय सम्मेलनले अर्थतन्त्रमा दिर्घकालिन महत्व राख्ने उनले बताए । लगानी सम्मेलनमा प्राथमिकताका क्षेत्रसहित लगानीको आव्हान गरिएको र निजी क्षेत्र पनि साथै रहेकाले सम्मेलन फलदायी हुने अध्यक्ष अग्रवालले बताए ।
अन्तराष्ट्रिय लगानी सम्मेलनमा चेम्बर अफ कमर्सका तर्फबाट करिव १ दर्जन आयोजनालाई सोकेसका रुपमा राखिएको छ ।
















कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ
पक्राउ पुर्जीसहित ओली निवास पुग्यो प्रहरी टोली
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
प्रतिक्रिया