सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाए गठबन्धनको बैठक

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सत्तारुढ गठबन्धनको बैठक बोलाएका छन् । मुख्यमन्त्री सोडारीले सरकार विस्तार र विश्वासको मतका विषयमा छलफल गर्न बैठक बोलाएका हुन् । बैठक बिहान ९ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ ।
६ वैशाखमा एमाले, माओवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता मानबहादुर धामीले मुख्यमन्त्रीले बोलाएको बैठकमा विश्वासको मत र सरकार विस्तारका बारेमा छलफल हुने बताए ।
स्रोतकाअनुसार मुख्यमन्त्री सोडारीले मंगलबार नै सरकार विस्तारको तयारी गरेका छन् । सोडारीले नागरिक उन्मुक्ति पार्टीकी प्रदेश सभा सदस्य टीका थापालाई मन्त्रीमा नियुक्त गर्ने सम्भावना छ । बिहीबार वा शुक्रबार भित्र विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी छ ।
















एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण
आजको विदेशी मुद्राको विनिमयदर : सबैजसो विदेशी मुद्राको विनिमयदरमा व्यापक घटे
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया