२५.९३ अंकले बढ्यो सेयर बजार, काराेबार रकम ४ अर्ब ८० करोड

काठमाडौं । नेप्से परिसूचक २५.९३ अंकले बढेको छ । मंगलबार नेप्से बढेर २००६.२८ विन्दुमा रोकिएको छ ।
आज ३२० कम्पनिको १ करोड १८ लाख ३८ हजार १५० कित्ता सेयर ४ अर्ब ८० करोड ४४ हजार ६०१ रुपैयाँमा कारोबार भएको छ । त्यसैगरी आज सेन्सेटिभ इण्डेक्स १.५८ प्रतिशतले बढेर ३५७.५४ विन्दुमा रोकिएको छ ।
आज दुई कम्पनीको सेयर सकारात्मक सर्किटमा कारोबार भएको थियो । आज कर्पोरेट डेभलपमेन्ट बैंक र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको थियो । यसैगरी आज ग्रीन डभलपमेन्ट बैंकको ८.२९,बोटलर्सको ७.६२ र साइन रेसुंगा डेभलपमेन्ट बैंकको ७.२० प्रतिशतले मूल्य बढेको थियो ।
त्यसैगरी आज सबैभन्दा बढी पोखरा फाइनान्सको शेयर मुल्य ७.१८ प्रतिशतले घटेको थियो ।
आज फाइनान्सबाहेक अन्य १२ वटा उपसमूहको सूचक बढेको थियो । आज डेभलपमेन्ट बैंक समूहको उपसूचक सर्वाधिक ४.९० प्रतिशतले बढेको थियो । आज कारोबार रकमका आधारमा साइन रेसुंगा डेभलपमेन्ट बैंक शीर्ष स्थानमा रहेको छ । यस बैंकको १८ करोड २४ लाख मूल्य बराबरको सेयर कारोबार भएको थियो ।
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रतिक्रिया