मतदाताको शिर झुक्न दिनेछैन : सांसद नेम्वाङ

इलाम । इलाम २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले मतदाताको शिर झुक्ने कुनै पनि काम नगर्ने बताएका छन्। नेकपा (एमाले)का तर्फबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य नेम्वाङले मतदाताको मतलाई शिरोपर गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबार यहाँ आयोजना गरेको प्रमाणपत्र वितरण कार्यक्रममा सांसद नेम्वाङले इलामेली मतदातालाई कुनै प्रकारको संकाेच नहुने गरी काम गर्ने प्रतिबद्धता जनाए।
‘म मेरो बुबा (सुवासचन्द्र नेम्वाङ)को अपूरो र अधुरो सपना पूरा गर्न राजनीतिमा आएको हुँ, इलामे जनतालाई कुनै संकाेच नहुने गरी काम गर्नेछु,’ उनले भने, ‘मलाई निर्वाचित गराउनुभएकामा सम्पूर्ण मतदातामा धन्यवाद ज्ञापन गर्दछु।’
कार्यक्रममा सांसद नेम्वाङलाई मुख्य निर्वाचन अधिकृत केवशप्रसाद घिमिरेले प्रमाणपत्र प्रदान गरे। कार्यक्रममा सांसद महेश बस्नेत, कोशी प्रदेश सभा सदस्य रामबहादुर मगर राना, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित सुरक्षा निकायका प्रमुखको उपस्थिति थियो।
















यस्तो छ आज फलफूल तथा तरकारीकाे मूल्य
चट्याङ लागेर एक जनाको मृत्यु, एक जना घाइते
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै
एमाले संसदीय दलको बैठक बस्दै
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया