जसपाको केन्द्रीय निर्वाचन समिति गठन

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय निर्वाचन तदर्थ समिति गठन गरेको छ ।
केन्द्रीय कार्यकारिणी समितिले दिएको अधिकारबमोजिम अधिवक्ता दीपेन्द्र झाको संयोजकत्वमा पाँच सदस्यीय सो समिति गठन गरिएको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
उनका अनुसार सो समितिका सदस्यमा मनोजकुमार बर्मा, भुवनेश्वर चौधरी, आशा राई र देवनारायण यादव चयन भएका छन् । पार्टीले तयार गरेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिकाले स्वच्छ, निष्पक्ष तथा पारदर्शी ढङ्गले निर्वाचन गर्न गराउन आवश्यकताअनुसार केन्द्रमा केन्द्रीय निर्वाचन तदर्थ समिति तथा प्रदेशमा प्रदेश निर्वाचन तदर्थ समिति गठन गर्ने व्यवस्था गरेको छ । सोही प्रावधान बमोजिम उक्त समिति गठन गरिएको हो ।
केन्द्रीय निर्वाचन समितिले पार्टीको विधान तथा निर्देशिकाअनुसार राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरुको निर्वाचन प्रक्रिया अघि बढाउन प्रदेशका निर्वाचन तदर्थ समितिसँग समन्वय गर्ने पनि बस्नेतले जानकारी गराए ।
















यस्तो छ आज फलफूल तथा तरकारीकाे मूल्य
चट्याङ लागेर एक जनाको मृत्यु, एक जना घाइते
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै
एमाले संसदीय दलको बैठक बस्दै
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया