तुरुन्तै प्रहरी समायोजन नगरे नेपाल सरकारविरुद्ध कानुनी उपचार खोज्ने मन्त्री श्रेष्ठको चेतावनी

सिन्धुपाल्चोक । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले तुरुन्तै प्रहरी समायोजन नगरे नेपाल सरकारविरुद्ध कानुनी उपचार खोज्ने चेतावनी दिएका छन् ।
मंगलबार सिन्धुपाल्चोकस्थित पाँचपोखरी थाङ्पाल प्रहरी चौकी भवनको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले तुरुन्तै प्रहरी समायोजन गर्न नेपाल सरकारलाई आग्रह गरेका छन् । नेपालको संविधानले प्रदेशको शान्ति सुरक्षाको जिम्मेवारी स्पष्ट रूपमा प्रदेश सरकारलाई दिएको उल्लेख गर्दै उनले प्रहरी समायोजन हुन नसक्दा प्रदेशको शान्ति, सुरक्षामा समस्या आउनसक्ने बताए । मन्त्री श्रेष्ठले तुरुन्तै प्रहरी समायोजन नगरे संविधान कार्यान्वयन गर्न नेपाल सरकारविरुद्ध सबै प्रदेश एकताबद्ध भएर कानुनी उपचार खोज्ने चेतावनी दिए ।
मन्त्री श्रेष्ठले सेवाग्राहीलाई सेवा प्रवाह गर्दा सकारात्मक विभेदको नीति अनुशरण गर्न नेपाल प्रहरीलाई आग्रह गरे । उनले मातृभाषा प्रयोगकर्ता सेवाग्राहीलाई सकेसम्म सेवाग्राहीकै भाषामा सेवा प्रदान गर्न पनि निर्देशन दिए । उनले ‘सय अपराधी छुटोस् तर एकजना पनि निर्दोष व्यक्ति नपरोस्’ भन्ने मान्यतालाई गहिरो रूपमा आत्मसात गर्दै काम गर्न आग्रह गरे । उनले ठोस तथ्य, प्रमाणको आधारमा मानव अधिकारको पूर्ण संरक्षण हुनेगरी काम गर्नुपर्नेमा जोड दिए ।
उनले स्रोत, साधन, प्रबिधिको सीमितताको बाबजुद पनि प्रहरी शान्ति, सुरक्षा र विपद्लगायतका आपतकालीन अवस्थामा नागरिकको भरपर्दो साथी बनेको बताए । उनले प्रहरीलाई भविष्यमा सक्षम, सुदृढ, जनमैत्री र प्रविधिमैत्री बनाउन बागमती प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
मन्त्री श्रेष्ठले बागमती प्रदेश सरकारले ७२ वटा प्रहरी इकाइ भवन निर्माण सुरु गरेको जानकारी दिए । जसमध्ये ६२ वटा निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको र १० वटा निर्माणाधीन रहेको उनले बताए । उनले प्रहरी इकाई भवन निर्माणमा प्रदेश सरकारले ३ अर्व ४७ करोड २२ लाख लगानी गरेको पनि जानकारी दिए ।
















रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
इजरायली आक्रमणबाट लेबनानमा मृत्यु हुनेको संख्या ९००
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया