शनिबार, वैशाख २६, २०८३

मुख्यमन्त्री जम्कट्टेलद्वारा सीपयुक्त जनशक्ति उत्पादनको प्रतिबद्धता

मेरोन्यूज २०८१ वैशाख १९ गते ११:१७

बागमती । बागमती प्रदेशका प्रमुख यादव चन्द्र शर्माले अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना व्यक्त गरेका छन्।

Advertisement
NiccNicc

यस अवसरमा प्रदेश प्रमुख शर्माले आज शुभकामना सन्देश जारी गरेर मजदुरहरूले शोषण, दमन र उत्पीडनबाट राहत पाएको दिनको सम्झना गरिरहँदा श्रमको उचित सम्मान र सम्पूर्ण श्रमजीवीहरूको स्थापित अधिकार पूर्ण कार्यान्वयन गर्न यस दिवसले सबैलाई प्रेरित गरोस् भन्ने कामना गरेका छन् ।

यसैगरी, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले देशको आवश्यकता र श्रम बजारअनुसार सीपयुक्त जनशक्ति उत्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे।

एक सय ३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले स्वदेशमै पर्याप्त रोजगारीको अवसर सृजना गर्ने वैदेशिक रोजगारीलाई सीपयुक्त र थप सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाई सम्मानपूर्ण रोजगारीको अवस्था सृजना गर्नुपर्ने महसुस गरेको र यसलाई प्रदेश सरकारले प्रभावकारी योजनाका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

श्रमिक दिवसका अवसरमा सम्पूर्ण श्रमजीवी वर्गसँग ऐक्यबद्धता व्यक्त गर्दै मुख्यमन्त्री जम्कट्टेलले नेपाली श्रमजीवी समुदायमा सामाजिक न्यायसहितको समृद्धिको नयाँ युगामा पुर्याउने जिम्मेवारी पूरा गर्न अनवरत रूपमा लागिरहने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया