सलमानको घरबाहिर गोली चलेको प्रकरणमा पक्राउ परेका व्यक्तिको मृत्यु

नयाँ दिल्ली । बलिउड अभिनेता सलमान खानको घरबाहिर गोली चलाएको सम्बन्धी घटनामा पक्राउ परेका आरोपी अनुज थापनको मृत्यु भएको छ ।
अभिनेताको बान्द्रास्थित घरबाहिर गोलीबारी गर्नेहरूलाई हतियार दिएको आरोपमा अनुजलाई प्रहरीले पक्राउ गरेको थियो । उनले हिरासतमै आत्महत्याको प्रयास गरेको र तत्कालै नजिकैको अस्पताल लगिएको भए पनि मृत्यु भएको मुम्बई प्रहरीले बताएको छ ।
प्रहरीले सलमान खानको घरबाहिर गोली हान्ने चार जना विक्की गुप्ता, सागर पाल, सोनुकुमार चन्दर बिश्नोई र अनुज थापनलाई पक्राउ गरेको थियो ।
प्रहरीले गोली प्रहारका अभियुक्त विक्की गुप्ता र सागर पालका साथै यस घटनामा हतियार उपलब्ध गराउने सोनुकुमार चन्द्र बिश्नोई र अनुज थापान र गुण्डा नाइके लरेन्स बिश्नोई र उनका भाइ अनमोल बिश्नोईलाई पनि मुद्दा दायर गरेको थियो ।
अदालतले उनीहरुलाई मे ८ सम्म प्रहरी हिरासतमा पठाएको थियो ।
















सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
भारतीय दूतावासद्वारा नागरिकलाई इरानबाट तुरुन्त बाहिरन आग्रह
राष्ट्रियसभा अन्तर्गतका चार समितिका सभापतिको पदबहाली
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रतिक्रिया