ओलम्पिकमा सहभागी नेपाली खेलाडीलाई सम्मान

मोरङ । सुन्दरहरैँचा नगरपालिकास्थित तेस्रो ओलम्पियन्स पुनर्मिलन तथा सेलिब्रेटी खेलाडी भेट कार्यक्रममा १२ जना राष्ट्रिय खेलाडीलाई सम्मान गरिएको छ ।
कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा नेपाल ओलम्पियन्स एसोसिएसनको संयोजनमा बिहिबार साँझ सम्मान कार्यक्रम गरिएको थियो । कार्यक्रममा सन् १९८८ मा ओलम्पिकमा सहभागी १२ खेलाडीलाई सम्मान गरिएको हो ।
समारोहमा राजकुमारी पाण्डे, मेनुका राउत, हरि रोकाया, विधान लामा, डम्बर कुँवर, पार्वती थापा, रामबहादुर गिरी, गङ्गाराम डङ्गोल, डम्बरदत्त भट्ट, विष्णुबहादुर सिंह, ऋषिराम प्रधान र टीकाबहादुर बोगटी सम्मानित भएका थिए । उनीहरूलाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, एसोसिएसनका अध्यक्ष दीपक विष्ट र बोर्डका सदस्यसचिव हंसराज वाग्लेले सम्मानपत्र प्रदान गरेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि रहेका कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले खेलको मध्यमबाट देशविदेशको गौरव बढाउने ओलम्पिक खेलाडीलाई उभ्याएर सम्मान गर्न पाउनु गौरवको विषय रहेको बताए । उनले खेलक्षेत्रको विकासका लागि प्रदेश सरकार पछि नहट्ने उल्लेख गरे ।
सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले यहाँका पुराना राष्ट्रिय खेलाडी ओमकुमार मास्केलाई सम्मानपत्रद्वारा सम्मान गरेका थिए । ओलम्पियन्स पुनर्मिलन कार्यक्रममा मलेसिया, सिङ्गापुर, बेलायतलगायतका छजना ओलम्पियन्स खेलाडीसमेतको सहभागिता रहेको थियो । कार्यक्रममा ६० जना नेपाली ओलम्पियन्स खेलाडी तथा २५ जना प्रदेशभित्रका चर्चित खेलाडीको सहभागिता रहेको थियो ।













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया