अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट सात जना पक्राउ

काठमाडौँ । पर्साको वीरगंज महानगरपालिका-२१ हनुमान चोकबाट अवैध लागुऔषध गाँजा करिब १० किलोसहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मकवानपुर राकसीरांङ गाउँपालिका-२ ठुमको टोल बस्ने ४२ वर्षीया ईन्द्र कुमारी चेपाङग र ३६ वर्षीया फुलमाया स्याङबो रहेका छन् । प्रहरी चौकी परवानीपुरबाट खटिएको प्रहरीले चितवनबाट वीरगंज तर्फ जाँदै गरेको बा.४ ख ५९३७ नम्बरको बस जाँच गर्दा बसमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
त्यस्तै सुनसरीको इटहरी महानगरपालिका-५ शान्तीमार्ग टोलबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३२ वर्षीय बिटु भन्ने दिबश भुजेललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी जनताबस्तीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
त्यसैगरी मोरङको बिराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम ४५ मिलिग्रामसहित सुनसरी इटहरी उपमहानगरपालिका-१९ बस्ने २५ वर्षीय किरण राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागुऔषध ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
त्यस्तै कैलालीको धनगढी उपमहानगरपालिका- ७ देबरियाबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय २० मिलिग्राम सहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय सेवालाल राना, ३० वर्षीय राम गोपाल राना र २४ वर्षीय अभिषेक राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटीएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
कञ्चनपुरमा सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ब्ल्याक स्पोट’ बोर्ड
शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा
PM extends greetings of Tamu Lhosar, Maipru Naku
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया