अनन्या र आदित्यको ब्रेकअप !

काठमाडौँ । बलिवुड अभिनेत्री अनन्या पाण्डे र अभिनेता आदित्य रोय कपुरको ब्रेकअप भएको छ । भारतीय मिडियाहरुमा दुवैको ब्रेक भएको रिपोर्ट सर्वजनिक भएको छ । दुवै २ वर्ष सँगै सम्बन्धमा थिए ।
अनन्या पाण्डे र आदित्य कपुरका एक नजिकका साथीले मिडियासँग कुरा गर्दै जोडीको ब्रेकअपको खबर पुष्टि गरेका छन् ।
यस वर्षको अप्रिल महिनामा अनन्या पाण्डेले पनि एक क्रिप्टिक पोस्ट सेयर गरेकी थिइन्, जसका कारण उनीहरुको ब्रेकअपको हल्लाले तिब्रता लिएको थियो । त्यतिबेला अनन्याले पोस्टमा लेखेकी थिइन्, ‘यदि उ तिम्रो हो भने अवश्य फर्किनेछ । यो सबै तिमीलाई पाठ सिकाउन को लागी हो । तिमीले स्वीकार गर्दैनौ र उसलाई बिदा गर, यदि उ तिम्रो हो भने फर्केर आउनेछ । यदि तपाइँ विश्वास गर्नुहुन्छ भने यो वास्तवमा तपाइँको हो । किनभने यो तपाइँको लागि बनाइएको थियो, तर यो तपाइँको भाग कहिल्यै छैन । यो तिम्रो आत्मासँग कहिल्यै जोडिएको थिएन ।’
अनन्याको यो पोष्ट आदित्य लक्षित रहेको र दुवैको सम्बन्ध बिग्रिएपछि उनले यो पोष्ट गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । सार्बजनिक रुपमा भने दुवैले आफ्नो सम्बन्ध बारे अहिलेसम्म चर्चा गरेका छैनन् ।









भियतनाममा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५५ पुग्यो
एनपिएलः कर्णालीले पायो १५७ रनको लक्ष्य
वाग्मती करिडोलाई सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड
एनपिएलः लुम्बिनी र कर्णालीको खेल सुरु, लुम्बिनीलाई सुरुआती झट्का
चिसोले पञ्चकुण्ड ताल जमेपछि …
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
प्रतिक्रिया