सेयर बजारमा २४.५८ अंकको गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से २४.५८ अंकले घटेर १९७४.३७ विन्दुमा झरेको छ ।
आज ३१६ कम्पनिको ९७ लाख ६२ हजार ८०३ कित्ता सेयरको ३ अर्ब ७९ करोड ५७ लाख ४८ हजार २९६ रुपैयाँमा खरिदबिक्री भएको छ । आज दुई समूहको उपसूचक बढ्दा ११ समूहको उपसूचक घटेको छ ।
आज दोल्ती पावरको सेयर सर्वाधिक ९.५६ प्रतिशतले बढेको छ भने साधना लघुवित्त वित्तीय संस्था र समता घरेलु लघुवित्त वित्तीय संस्थाको ८.७२ प्रतिशले बढेको छ । त्यस्तै आज पिपुल्स पावरको सबैभन्दा बढी ९.९२ प्रतिशतले घटेको छ भने सिंगाटी हाइड्रोको ७.५५ प्रतिशतले घटेको छ ।
त्यसैगरी आज कारोबार रकमका आधारमा नेपाल फाइनान्स शीर्षस्थानमा रहेको छ । आज नेपाल फाइनान्सको १२ करोड ६४ लाख मूल्य बराबरको सेयर खरिदबिक्री भएको छ । त्यस्तै हिमालयन डिस्टिलरीको ११ करोड ९० लाख मूल्य बराबरको सेयर कारोबार भएको छ ।
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
प्रतिक्रिया