भन्सार विभागमा आम जनता पार्टीको धर्नामा प्रहरी हस्तक्षेप, दर्जनौं हिरासतमा

काठमाडौँ । भन्सारको लूटकारी ब्यवस्थाविरुद्ध आम सम्पर्क मञ्चद्वारा भन्सार बिभागमा जारी शान्तिपुर्ण धर्ना कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले शन्तिपूर्ण धर्नामा दमन गरेको भन्दै दर्जनौलाई गिरफ़्तार गरेको आम जनता पार्टीले जनाएको छ ।
आम जनता पार्टीका अध्यक्ष प्रभु शाहले भन्सार नियन्त्रणको नाममा तराई क्षेत्रको जनताको निजी सम्पति लुट्ने काम तुरुन्त बन्द गर्न तथा भन्सार कानुनमा रहेका सम्पूर्ण विभेदकारी एवं लूटकारी प्रावधान हटाउन गरिएको शान्तिपुर्ण आन्दोलनको मागहरुलाई सम्बोधन गर्नुको सट्टा सरकारद्वारा गरिएको व्यापक दमन एवं धड़पकड़को भर्त्सना गरेका छन् ।
देशको समृद्धिसँग जोड़िएको यो ऐतिहासिक संघर्षमा गिरफ़्तार हुनुभएका भन्सार कानून सुधार संघर्ष समितिको संयोजक रन्जु कुमारी साह, स्क्राप हक हित फाउण्डेशनको अध्यक्ष संजय साह, आजपाको उप महासचिव मनोज कुमार यादव लगायतका कार्यकर्तालाई प्रहरीले हिरासतमा लिएको आम जनता पार्टीले जनाएको छ ।











युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट हुँदै
सर्वोच्च अदालतः ‘हदम्याद, तारेख र म्याद थप अनुमति’
फागुन २१ गतेकाे चुनावमा राप्रपाले सक्रिय रुपमा भाग लिन्छ : अध्यक्ष लिङ्देन
कञ्चनपुरमा बाघको आक्रमणबाट वृद्धाको मृत्यु
Yamaha Enters Nepal’s Biggest Pop-Culture Festival as Co-Sponsor
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
प्रतिक्रिया