बिहीबार, वैशाख १०, २०८३

धनगढीबाट साढे पाँच लाखका अवैध मोबाइलसहित भारतीय नागरिक पक्राउ

मेरोन्यूज २०८१ वैशाख २३ गते १८:२०

धनगढी। धनगढीमा साढे पाँच लाखका अवैध मोबाइलसहित भारतीय नागरिक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–४ ओमशान्ति टोलबाट भारतको लखिमपुर खिरीका २३ वर्षीय आयुष गप्ता भन्सार छलीका मोबाइलसहित पक्राउ परेका हुन्।

Advertisement
NiccNicc

कैलाली प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा सरल सिंहको घरको कोठाबाट पाँच लाख ३२  हजार आठ सय १० का मोबाइलसहित गुप्तालाई पक्राउ गरिएको हो।

प्रहरी सहायक निरिक्षक गजेन्द्रबहादुर चन्दको टोलीले सामसुङ कम्पनीका ५८ थान मोबाइल, नोकिया कम्पनीका ५२ थामन, गलास २६ प्याकेट, क्यामेरा गलास ३२८ पिस, पाँच रोल चार्जर, सादा मोबाइलका डिस्पिले ३७९ पिस, ६ डिब्बा मोबाइल पार्ट, ३३९ फोल्डर बरामद गरिएको हो। गुप्तासहित भन्साल छलीको सामान कारबाहीका लागि कैलाली भन्सार कार्यालय पठाइएको छ।
 

प्रतिक्रिया