यातायात कार्यालय धनगढीद्वारा ५१ करोड राजश्व सङ्कलन

कैलाली । यातायात व्यवस्था कार्यालय धनगढीले चालु आर्थिक वर्षको हालसम्म रु. ५१ करोड बढी राजश्व सङ्कलन गरेको छ ।
यातायात कार्यालयले चालु आब २०८०/८१ को हालसम्म विभिन्न राजश्व शीर्षकबाट रु. ५१ करोड ७८ लाख ७७ हजार तीन सय ९१ राजश्व सङ्कलन गरेको यातायात व्यवस्था कार्यालय धनगढीका निमित्त कार्यालय प्रमुख नरेन्द्र शाहले जानकारी दिए।
निमित्त प्रमुख शाहका अनुसार कार्यालयले सवारी साधन करबाट सबैभन्दा बढी रु ४० करोड २८ लाख ५२ हजार एक सय ७३ राजश्व सङ्कलन गरेको छ । सबैभन्दा कम अन्य प्रशासनिक सेवा शुल्कबाट रु.१९ हजार नौ सय राजश्व सङ्कलन गरेको छ । चालक अनुमति पत्र, सवारी दर्ता किताब सम्बन्धी दस्तुरबाट रु १० करोड ६० लाख ७२ हजार नौ सय आठ, बाटो इजाजत, प्रदूषण र जाँचपासबाट रु. ८३ लाख ५७ हजार ८५ र व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट रु.४५ लाख छ हजार पाँच सय २५ राजश्व सङ्कलन गरेको छ ।
यस्तै चालु आवमा कार्यालयको बेरुजु रकम रु. एक लाख १८ हजार आठ सय रहेको कार्यालयका निमित्त प्रमुख शाहले बताए । त्यसैगरी यातायात व्यवस्था कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा विभिन्न राजश्व शीर्षकबाट रु. ६३ करोड ९४ लाख ३० हजार चार सय १४ राजश्व सङ्कलन गरेको उनले बताए।
जस अन्तर्गत कार्यालयले सवारी साधन कर शीर्षकबाट सबैभन्दा बढी रु. ४७ करोड १७ लाख ७२ हजार एक सय ४४ र सबैभन्दा कम अन्य प्रशासनिक सेवा शुल्क शीर्षकबाट रु. २० हजार राजश्व सङ्कलन गरेको थियो । यस्तै चालक अनुमति पत्र, सवारी दर्ता किताब सम्बन्धी दस्तुरबाट रु. १५ करोड ४२ लाख ७६ हजार सात सय २५, बाटो इजाजत, प्रदूषण र जाँचपासबाट रु. एक करोड २२ लाख छ हजार ५० र व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट रु. नौ लाख ९२ हजार १५ राजश्व सङ्कलन गरेको छ ।
यस आर्थिक बर्षमा बेरुजु रकम रु. एक लाख ६३ हजार चार सय ८० रहेको कार्यालयका निमित्त प्रमुख शाहले बताए । यस्तै कार्यालयले आर्थिक बर्ष २०७८/७९ मा विभिन्न राजश्व शीर्षकबाट रु. ५५ करोड ३६ लाख ४६ हजार एक सय ९२ राजश्व सङ्कलन गरेको जनाइएको छ ।













घट्यो पेट्रोलियम पदार्थको मूल्य
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धिः नेपाल पत्रकार महासङ्घ
नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई दिँदैछ बिदाइ
सरकारलाई सुशासनको जग बसाल्ने र निर्वाचन गर्ने कार्यादेश छ : प्रधानमन्त्री कार्की
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
प्रतिक्रिया