मातृभूमिको विकासका निम्ति योगदान गर्न आह्वान

काठमाडौँ । सङ्घीय गणतन्त्र जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्काले आफ्नो मातृभूमिको सामाजिक, आर्थिक विकासका निम्ति योगदान गर्न जर्मनीमा रहेका नेपालीलाई आह्वान गरेका छन् ।
शनिबार बर्लनीमा सम्पन्न ‘दोस्रो नेपाली व्यवसाीहरूको सम्मेलन’मा उनले जर्मनीमा विभिन्न पेसा–व्यवसायमा संलग्न नेपालीलाई मातृभूमिको विकासमा योगदान गर्न आह्वान गरेको बर्लनीस्थित नेपाली राजदूतावासले आज जनाएको छ ।
राजदूत खड्काले नेपालमा ‘नेशनल ब्रेन गेन सेन्टर’ स्थापना, गैरआवासीय नेपाली विधेयक कार्यान्वयन तथा नागरिकता ऐन संशोधनको प्रक्रिया प्रारम्भ भएको जानकारी दिँदै नेपालको सामाजिक, आर्थिक विकासमा वैज्ञानिक एवं प्राविधिक क्षेत्रका साथै सामाजिक एवं आर्थिक विकासमा सघाउन यहाँ रहेका नेपालीलाई अनुरोध गरे ।
सम्मेलन नेपाली राजदूतावास र जर्मनको विकास सहयोग नियोग (जिआइजेड) का काठमाडौँ कार्यालयले आयोजना गरेको हो । सम्मेलनमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकाले सहसचिव राजन पाण्डे, भेरी अस्पतालका ‘इन्टरनल मेडिसिन’ विभागका प्रमुख नारायण तिमिल्सिना, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अधिकारीलगायत ७० जना जर्मनीमा पेसा, व्यवसायमा संलग्न व्यक्तिको सहभागिता थियो ।
सम्मेलनको उद्घाटन राजदूत खड्का र जेआइजेडका देशीय प्रबन्धक फ्लोरिन क्रिन्सले गरेका थिए । जर्मनीमा रहेका नेपालीको ज्ञान, सीप र अनुभव नेपालको सामाजिक–आर्थिक विकासमा उपयोग गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।
















प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ- सभापति थापा
कोहलपुरमा अतिक्रमित जग्गा खाली गर्न सुरु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया