सोमबार, पुष १४, २०८२

भरतपुरमा अज्ञात समूहद्वारा स्कुल बसमा आगजनी

मेरोन्यूज २०८१ वैशाख ३० गते ११:१६

चितवन । चितवनको भरतपुर महानगरपालिका २० दद्रेनी नजिकै विद्यार्थी लिन गएको स्मल हेभन स्कुल कल्याणपुरको बसमा अज्ञात समूहद्वारा आगजनी गरिएको छ ।

विद्यालयलका अनुसार चनौली, द्रद्रेनी, शुक्रनगर पटिहानी हुँदै विद्यार्थी लिन गएको बागमती प्रदेश ०६ ००१ क ००४५ नम्बरको बसमा आज बिहान ६ जनाको समूहले आगजनी गरेर भागेको हुन् ।

तीनवटा मोटरसाइकलमा आएका ६ जनाको समूहले बसमा पेट्रोल छर्किएर आगो लगाएर उनीहरु सबै फरार छन्, भने बस जलेर पूर्ण रुपमा क्षति भएको छ ।

बस जलाउने व्यक्तिहरूले बसका सहचालकको मोबाइलसमेत लुटेर लगेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले घटनास्थलमा आगो निभाउन र थप अनुसन्धानका लागि प्रहरी टोली परिचालन गरिएको जनाएको छ ।

प्रतिक्रिया