कांग्रेसले आत्महत्या नै गर्छु भनेपनि उसको माग पूरा हुँदैन : एमाले
मेरोन्यूज
२०८१ वैशाख ३० गते १६:२५

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसले छानबिन समितिको नाममा सरकार माग गरिरहेको दाबी गरेका छन्। आइतबार सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेतकबीचको बैठकपछि उनले कांग्रेसको माग सम्बोधन नहुने बताए ।
‘प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले उठाएको विषय कानुनसम्मत छैन । कांग्रेसले समितिका नाममा सरकार माग गरेको हो’, बर्तौलाले भने, ‘यो माग पुरा गर्न असम्भव छ ।’
उनले नेपाली कांग्रेसले आत्महत्या नै गर्छु भनेपनि माग पुराहुनेवाला नभएको भन्दै कांग्रेसको मागअनुसार गए सहकारी पीडितले न्यायसमेत नपाउने दाबी गरे ।
सहकारीको बचत हिनामिना प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने मुछिएको भन्दै कांग्रेसले छानबिनका निम्ति संसदीय समिति गठनको माग गरिरहेको छ ।
सम्बन्धित
















विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा रास्वपाको ‘नीति मन्थन’आज
अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु
17 including driver injured in bus accident
प्रदूषण न्यूनीकरणका लागि सवारीसाधनको नियमित जाँच
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
प्रतिक्रिया