एमाले तनहुँ अधिवेशन : २३ सदस्य निर्विरोध चयन

दमौली (तनहुँ) । नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँ जिल्ला कमिटीको दशौँ अधिवेशनबाट २३ जना सदस्य निर्विरोध चयन भएका छन् । आज दिउँसो भएको उम्मेदवारी दर्तामा विभिन्न क्लष्टरबाट २३ जना जिल्ला सदस्य निर्विरोध चयन भएका हुन् ।
निर्वाचन कमिटीका संयोजक पदमप्रसाद लामिछानेका अनुसार जिल्ला मजदुरबाट सोमबहादुर आले र भीमबहादुर गुरुङ, जिल्ला खुल्ला अपाङ्गबाट मदन थापा, भूगोल भानु नगरपालिकाबाट महिलातर्फ रुपा तामाङ र उमा श्रेष्ठ निर्विरोध चयन भएका छन् ।
यसैगरी लेखा कमिटीको अध्यक्षमा प्रेमप्रसाद पौडेल, उपाध्यक्षमा आरसी पण्डित, सचिवमा त्रिभुवन श्रेष्ठ, सदस्यहरुमा रामजी खत्री क्षेत्री र कोपिला थापा निर्विरोध चयन भएका छन्।
अन्य पदहरुमा मतदानको तयारी गरिएको छ । निर्वाचनमा कूल पाँच सय ८७ मतदाता छन् । जिल्ला अध्यक्षमा हरिराज कँडेल र विष्णुभक्त सिग्देल, उपाध्यक्षमा राजेश्वर ढकाल र श्रीराम कार्की, सचिवमा प्रदीपराज अधिकारी र अनिल पाण्डे, उपसचिव खुलामा खीमबहादुर कुमाल र आरके पोखरेल, महिला उपसचिवमा सुनिता नेपाली र बसुन्धरा घर्ती प्रतिस्पर्धामा छन् ।
















विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा रास्वपाको ‘नीति मन्थन’आज
अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु
17 including driver injured in bus accident
प्रदूषण न्यूनीकरणका लागि सवारीसाधनको नियमित जाँच
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
प्रतिक्रिया