प्रधानमन्त्री र सभामुखबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच टेलिफोन वार्ता भएको छ ।
आज बिहान सभामुख घिमिरेले टेलिफोन गरी प्रधानमन्त्री दाहालसँग सरकारको नीति तथा कार्यक्रमबारे छलफल गरेको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।
त्यसक्रममा उनीहरूबीच राजनीतिक सहमतिका लागि प्रधानमन्त्रीबाट भएका प्रयास र संसदको तयारीबारे छलफल भएको पनि अधिकारीले बताए।
प्रधानमन्त्री दाहलले राजनीतिक सहमतिका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग छलफल, सत्ताघटक दलहरूसँग विपक्षीका मागबारे कुराकानी भएको र आज साँझसम्म निष्कर्षमा पुगिने बताएको सभामुखलाई उद्धृत गर्दै अधिकारी जानकारी दिए । प्रधानमन्त्री दाहलले राष्ट्रपति रामचन्द्र पौडेलसँग भएको छलफलबारे पनि सभामुखलाई जानकारी गराएका थिए।
प्रधानमन्त्री दाहलले आफू चितवनबाट फर्केलगत्तै संसदको गतिरोध अन्त्यका विषयमा संवाद सुरू गर्ने पनि जानकारी गराउनुभएको सभामुखको सचिवालयले जनाएको छ ।
सभामुखले हिजो कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकसँग छलफल गरेका थिए । उनले नीति तथा कार्यक्रम र बजेटमा राजनीति नगरी सहमति गनुपर्नेमा जोड दिएका थिए ।
















सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ- सभापति थापा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया